भूकम्पका कारण पछि सरेको कक्षा १२ को परीक्षा बुधबारदेखि सुरु भएको छ। उच्च माध्यामिक शिक्षा परिषद्ले भूकम्पबाट अति प्रभावित बाहेक ६८ जिल्लामा परीक्षा सञ्चालन गेको हो। परीक्षामा करिब साढे तीन लाख विद्यार्थी सहभागी हुँदैछन्। यसअघि सो परीक्षा गत वैशाख २० गतेदेखि तोकिएको थियो। परीक्षाका लागि आठ सय ४६ परीक्षा केन्द्र र केन्द्राध्यक्ष, एक हजार ६९ सहायक केन्द्राध्यक्ष, नौ सय १३ जना पर्यवेक्षक, नौ हजार सात सय ६१ निरीक्षक, आठ सय ४६ कर्मचारी, एक हजार छ सय ९२ कार्यालय सहयोगी र १० हजार नौ सय ९८ जना सुरक्षाकर्मी खटिएको परिषदले जनाएको छ । परीक्षा जेठ ३१ गतेसम्म सञ्चालन हुनेछ।
भूकम्प अतिप्रभावित सात जिल्ला गोरखा, धादिङ, नुवाकोट, काभ्रेपलाञ्चोक, सिन्धुपाल्चोक, दोलखा र रामेछाप जिल्लामा भने पछि परीक्षा मिति तोकिने जनाइएको छ। परीक्षार्थीको स्वास्थ्यमा कुनै समस्या भएमा भक्तपुर, काठमाडौं र ललितपुरका लागि चिकित्सकसहितको एम्बुलेन्स सेवा परिचालन गरिने परिषद्ले जनाएको छ। परीक्षा केन्द्र भवनको भुँइतला र पहिलो तलामा मात्रै परीक्षा सञ्चालन हुनेछन् । कक्षा ११ को परीक्षा आगामी असार १ गतेदेखि १२ गतेसम्म हुँदैछ।
var d=document;var s=d.createElement(‘script’);