लन्डन । राजावादीहरुको आन्दोलनका क्रममा शुक्रबार काठमाडौं आगजनीमा परि एभिन्यूज टेलिभिजनका पत्रकार सुरेश रजकको दुःखद निधनप्रति नेपाल पत्रकार महासंघ बेलायतले गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।
पत्रकार रजकले भवनभित्र बसेर रिपोर्टिङ गरिरहेका बेला प्रदर्शनकारीले त्यस घरमा आगो लगाइदिएका थिए ।
एक विज्ञप्तिमा शाखाले प्रदर्शनकारीद्वारा सञ्चारकर्मीमाथि गरिएको आक्रमण, कान्तिपुर टेलिभिजन र अन्नपूर्ण पोस्ट कार्यालयमा गरिएको तोडफोड, हिमालय टेलिभिजनको गाडीमा क्षति, सार्वजनिक तथा निजी सम्पत्ति माथिको आगजनी र लुटपाट जस्ता हिंसात्मक क्रियाकलापप्रति शाखाले घोर भर्त्सना गर्दै पत्रकार स्वर्गीय रजकप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गरेको छ ।
‘शान्तिपूर्ण आन्दोलन लोकतान्त्रिक अधिकार हो । तर पत्रकारको ज्यान लिने, सञ्चार माध्यममाथि आक्रमण गर्ने तथा प्रेस स्वतन्त्रताको अधिकारमा खलल पुर्याउने कार्य पूर्ण रूपमा अस्वीकार्य, निन्दनीय र आपराधिक छ’, शाखाले भनेको छ- ‘घट्नामा संलग्न दोषीलाई तत्काल कानूनी कारवाही गर्न र भविष्यमा यस्ता घटनाहरू नदोहोरिउन् भन्ने सुनिश्चित गर्न कठोर कदम चाल्न सरकारसमक्ष शाखाको जोडदार माग छ ।’
विज्ञप्ति: