,

पढाइ सकेर नेपाल फर्किएका विद्यार्थीलाई बेलायतमा सम्मान

Bimala Sene Avatar

काठमाडौं । बेलायतमा शैक्षिक अवसर खोजिरहेका विद्यार्थीलाई सहयोग गर्दै आइरहेको बिज एजुकेसनले त्यहाँ पढेर नेपाल फर्किएका विद्यार्थीलाई सम्मान गरेको छ ।

बिहीबार काठमाडौंमा एक कार्यक्रमबीच बेलायतको युनिभर्सिटी अफ सेन्ट्रल लकांशायरका प्रतिनिधि, बिज एजुकेसनका प्रबन्ध निर्देशक हरि कार्कीलगायतले विद्यार्थीलाई स्वागत तथा सम्मान गरेका हुन्।

भक्तपुरको गठ्ठाघरमा रहेको बिज एजुकेसनले बेलायतको युनिभर्सिटी अफ सेन्ट्रल लकांशायरमा अध्ययन गर्ने विद्यार्थीहरूलाई सहजीकरण गर्दै आइरहेको छ । त्यहाँ पढेका विद्यार्थीहरूले हरेक वर्ष नेपाल फर्किएर यहीँ रोजगार सिर्जनासमेत गर्ने गरेका छन् । 

बिहीबार गरिएको कार्यक्रममा अभिशेक गौतम, रजुल श्रेष्ठ, रेखा नेगी लामा, रेष्मा भण्डारी, अनुराधा पराजुलीलगायत विद्यार्थीले सफलताका कथा सुनाएका थिए।

बेलायतमा पढेर पनि नेपालमा फर्कँदा थुप्रै सम्भावनाको ढोका खुल्ने र नेपालका लागि एउटा दक्ष जनशक्ति फर्कँदा फाइदा पुग्ने बिज एजुकेसनका प्रबन्ध निर्देशक हरि कार्कीले बताए ।

‘बेलायतमा पढ्न निकै महँगो छ, त्यहाँ ऋण खोजेर पढ्न जान्छु र कमाएर तिर्छु भन्न सकिने अवस्था हुँदैन, तर त्यहाँको शिक्षा भने गुणस्तरीय छ,’ उनले भने, ‘हामीले विद्यार्थी पठाउँदा पहिले नै सचेत गराएर पठाउँछौँ, त्यहाँ पढेका विद्यार्थी नेपाल फर्किएर केही गर्नु देशका लागि राम्रो कुरा हो ।’

बिज एजुकेसनले बेलायत, अस्ट्रेलियालगायत देशमा अध्ययन गरिरहेका विद्यार्थीलक्षित विभिन्न शैक्षिक गतिविधि पनि गर्दै आइरहेको छ । 

पछिल्लो समय नेपालमा विद्यार्थीका लागि शैक्षिक गन्तव्यका रूपमा बेलायत प्रमुख स्थानमा छ । अन्य देशको भन्दा शैक्षिक गुणस्तरीयता राम्रो भएकाले त्यहाँ जाने विद्यार्थीको संख्या पनि बढेको बताइन्छ ।

Oman Gauchan "Hanson" Avatar
About Gurkha Channel

Gurkha channel is the sister company of Gurkha TV and the first 24-hour Nepali channel operating from the international capital of the world,London, United Kingdom. Gurkha Channels believes in honesty, respect, and unity. We belong to the land of Lord Buddha, Mt. Everest, and gallant people who sacrifice their lives for peace and humanity. Therefore, in this world of globalization, it is our effort to bring all Nepalese from around the world together and make one family: one Nation.

Search