न्यूयोर्क । अमेरिकाको न्युयोर्कमा इतिहासकार स्व। ईमानसिङ्ग चेम्जोङ्गको जीवनीमा आधारित भएर निर्माण गरिएको वृतचित्र प्रदर्शन भएको छ ।
यही मार्च ०९, २०२५ मा ईमान सिङ्ग चेम्जोङ्ग मेमोरियल फाउन्डेसनको प्रस्तुति र किरात याक्थुङ चुम्लुङ्ग अमेरिका र चेम्जोङ्ग बंश अमेरिकाको ब्यवस्थापनमा वृतचित्र भव्य रुपमा प्रदर्शन गरिएको हो ।
सेन्छेलुङ पतङ्गवाको निर्देशन र बुद्ध चेम्जोङको निर्माणमा बनेको वृत्तचित्रको माध्यमबाट लिम्बु समुदायमा स्व. चेम्जोङ्गको योगदानलाई अझ बढी फैलाउन सघाउ पुगेको जनाइएको छ । वृतचित्र ४५ मिनेट लामो रहेको छ ।
वृतचित्र हेर्न न्यूयोर्कसहित न्यूजर्सी राज्यमा बसोवास गर्ने सयौँको संख्यामा नेपालीहरुको उपस्थिति रहेको थियो । साथै यो वृतचित्र विभिन्न देशहरुमा पनि चाडै प्रदर्शन गरिने कार्यक्रमका प्रदर्शन सम्योजक तथा चेम्जोङ् बंश अमेरिकाका महासचिव गजेन चेम्जोङले जानकारी दिनुभएको छ ।

ग्याल सुम्दो सेवा संस्था हल न्यूयोर्कमा छोटो अनौपचारिक कार्यक्रमपछि वृत्तचित्र प्रदर्शन भएको किरात याक्थुङ चुम्लुङ्ग अमेरिकाका अध्यक्ष दीपक थेबेले जानकारी दिनुभयो । वृत्तचित्र प्रदर्शनीबाट टिकट मार्फत उठेको रकमको आधा हिस्सा किरात याक्थुङ चुम्लुङ्ग अमेरिकालाई कोष वृद्धिको लागी प्रदान गरिएको कार्यकारी निर्माता बुद्ध चेम्जोङ् ज्युले जानकारी गर्नुभएको छ ।
स्व. ईमान सिङ्ग चेम्जोङ्ग नेपाल सरकारले राष्ट्रिय विभूतिू भनि चिनारी गरि सकेका ब्यक्ति हुन् । चेम्जोङ्गको नाममा नेपाल सरकारले हुलाक टिकेटसमेत छापी सकेको छ ।
