
नेपाल आदिवासी जनजाति महासंघ (नेफीन), युकेको छैठौं महाधिवेशनको लागि निर्वाचन तालिका जारी भएको छ । १६ जुन, २०२४ आइतवारका दिन तमुधि भवन मिच्चेटमा हुने महाधिवेशनको लागि नेफीन युकेले गठन गरेको निर्वाचन मण्डलले निर्वाचन सम्वन्धि सुचना सार्वजनिक गर्दै निर्वाचन तालिका जारी गरेको हो । आगामी कार्यकालको लागि नयां नेतृत्व चयन गर्न गठित ५ सदस्य रहेको निर्वाचन मण्डलमा प्रमुख आयुक्त नेफीनका सल्लाहकार एकेन्द्र गुरुङ, सदस्य सचिवमा नेफीनका सल्लाहकार तथा पत्रकार दुत पुन र सदस्यहरु नेफीन युकेका पुर्व अध्यक्ष सीरी लिम्वु, नेफीन युकेका निर्वतमान अध्यक्ष जंग सुनुवार र फोनिज युकेका पुर्व अध्यक्ष तथा पत्रकार विश्वासदीप तिगेला रहेका छन ।
अध्यक्ष – १, बरिष्ठ उपाध्यक्ष – १, उपाध्यक्ष – ३ महिला सहित। महासचिब – १, र कोषाध्यक्ष – १ समेतको पदाधिकारी रहने कार्यसमितिको निर्वाचन सम्वधि सुचनामा उम्मेद्धारी दर्ता मिती ४ जुन २०२४ छ भने उम्मेदवारको दावी विरोध १६ जुन २०२४को १ वजे दिउसो सम्म राखिएको छ ।
उम्मेदवारको उम्मेदवारी फिर्ता मिति: १६ जुन २०२४, समय: १५०० बजे, उम्मेदवारको अन्तिम नामावाली प्रकाशन मिति: १६ जुन २०२४, समय: १५३० बजे, र निर्वाचन अपरान्ह मिति: १६ जुन २०२४, समय: १६०० बजे देखि रहेकोछ । त्यसैगरी निर्वाचन संबन्धि कार्यतालिका, नियमावली (आचासंहिता) बनाउने ब्यबस्थापन गर्ने र कार्यतालिका फेरबदल गर्ने अधिकार निर्वाचन समितिलाई रहने छ। महाधिवेसनमा प्रत्येक सदस्य संस्थाबाट ५ जान प्रतिनिधिहरु सहभागी हुन् सक्ने छन भने हरेक सदस्य संगठनको बढिमा एकजनाको मात्र उम्मेदवारी दिन सक्ने छन र कार्यसमितिमा उम्मेदवार दिने व्यक्तिले आफु आबद्ध संगठनको सिफारिश पत्र बुझाउनु पर्ने जनाएकोछ।
अध्यक्ष पद सम्हालिसकेको सदस्य संगठनको दोस्रो कालको लागि सो पदमा उम्मेदवारी दिन पाउने छैन। अध्यक्ष पद जातीय संस्थाहरु बीच चक्र प्रणाली अनुसार रहेता पनि कुनै जातीय संस्थाबाट अध्यक्ष पदमा दाबि नगरेमा र संस्थाको अध्यक्ष पद सम्हाली सकेको जातीय संस्थाबाट बहुमतको आधारमा पुन: अध्यक्ष हुन् सक्ने छ। निर्वाचन सम्बन्धि जुनसुकै बिषयमा जोडिएको बिबाद र अस्पष्टता संबन्धमा निर्वाचन समितिको निर्णय नै अन्तिम निर्णय हुने जनाएको छ।
निर्वाचन मण्डलले निर्धारण गरेको शुल्क अध्यक्ष – £५००, बरिष्ठ उपाध्यक्ष – £३५०, उपाध्यक्ष – £३००, महासचिब – £३०० र कोषाध्यक्ष – £२०० रहेक छ ।
निर्बाचन समितिको सुचना जस्ताको तेस्तै,

