गत बैशाख १२ र २९ गते आएको भुकम्पबाट महामारी हुने खतरा रहेको औल्याउँदै नेपाल मेडिकल एशोसियसन र ईण्डियन मेडिकल एशोसियसनले छिट्टै संयुक्त घुम्ती स्वास्थ्य शिविर (मोवाईल हेल्थ क्याम्प) सञ्चालन गर्ने घोषणा गरेका छन्। बुधबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै दुवै देशका मेडिकल एशोसियसनले भुकम्पका कारण अस्थायी बसोबासमा
बसेका नेपालीहरु महामारीको जोखिममा पर्ने संभावना रहेको भन्दै चाँडोभन्दा चाँडो घुम्ती स्वास्थ्य शिविर सञ्चालन गर्ने बताएको हो। भूकम्प पीडितहरुको लागि औषधोपचारका लागि ईण्डियन मेडिकल एशोसियसनले करिव रु ४० लाखको सहयोग गरिसकेको समेत एशोसियसनका अध्यक्ष डा. मारथान्डा पिलाईले जानकारी दिनुभयो। नेपाल मेडिकल एशोसियसनका अध्यक्ष डा. अञ्जनी कुमार झाले भुकम्प पीडितहरुका लागि आफूहरुले यथाशिघ्र स्वास्थ्य सेवाको पहुँच पु¥याएको दाबी गर्नुभयो।
कार्यक्रममा दुवै देशका मेडिकल एशोसियसनवीच भएको विभिन्न सात बुँदे सहमति समेत सार्वजनिक गरिएको छ। उक्त सहमतिमा रिलिफ क्याम्पमा बसेकाहरुका लागि औषधी तथा स्वास्थ्य विज्ञहरु उपलब्ध गराउने, मनशुनलाई ध्यानमा राखेर हुने सक्ने महामारीबाट बच्नका लागि विशेष रणनीति बनाउने र यदि महामारी उत्पन्न भए त्यसको लागि आई.एम.ए ले सबै खाले मेडिकल सहयोग गर्ने, बाढी–पहिरो उत्पन्न भए त्यसमा पनि सहयोग गर्ने लगायत छन्।