लन्डन । बेलायतमा नेपाल पत्रकार महासंघ युके अध्यक्ष बिमला सेनेलाई विशेष सम्मान गरिएको छ । गत शनिबार फेल्थाम स्थीत स्प्रीङगेष्ट एकेडमीको शभाहलमा किराँत याक्थुङ चुम्लुङ युके र ग्रेटर लण्डन साखाको आयोजनामा भएको लिम्बू समुदायको मौलिक पर्व यक्वा तङ्नामको अवसरमा अध्यक्ष सेनेलाई विशेष सम्मान गरिएको हो ।
नेपाल पत्रकार महासंघ बेलायतको इतिहासमा पहिलो पटक महिला अध्यक्ष बन्न सफल सेनेलाई पत्रकारीताको माध्यमबाट लिम्बू समुदायमा विशेष योगदान पुर्याए वापत सम्मान गरिएको हो ।
सम्मान ग्रहण पछि बोल्दै अध्यक्ष सेनेले आदिवासी जनजातिहरु मध्ये लिम्बू समुदाय मिडिया फ्रेन्डली नभएको गुनासो गर्दै आफनो कुरा राख्न कहिल्यै पछि नर्पन आग्रह गरिन । साथै डिजीटल प्रविधिको विकास सगैं सामाजिक संजालहरुको बढ्दो प्रयोगले सूचना प्रवाहमा द्रुदता बढे पनि सूचनाको श्रोत र विश्वासनियतामा ध्यान दिएर मात्र आफनो धरणा बनाउन अनुरोघ गरिन ।

अध्यक्ष सेने नेपाल पत्रकार समहासंघ युकेको छैटौं अधिवेशनबाट गत वर्ष अध्यक्ष पदमा निर्वाचित भएका थिइन ।
