नेपाली सेना

Oman Gauchan "Hanson" Avatar

प्रधानसेनापति गौरवशम्शेर जबराले सिन्धुपाल्चोकमा भएको हेलिकप्टर दुर्घटनामा परेर निधन हुनुभएका नेपाली सेनाका जमदार वसन्तबहादुर तितराप्रति श्रदाञ्जलि अर्पण गर्नुभएको छ। त्रिभुवन विमानस्थलस्थित नेपाली सेनाको ११ बाहिनीमा आयोजित श्रदाञ्जलि समारोहमा नेपाली सेनाको एक टुकडीले स्व तितराको सम्मानमा सलामीसमेत अर्पण गरेको थियो। भूकम्पपीडितको खोज तथा उद्धारमा परिचालित अमेरिकी सेनाको युएच–वान हुवेइ हेलिकप्टर गत वैशाख २९ गते सिन्धुपाल्चोक घोरथलीको सिन्दुरेडाँडामा दुर्घटना हुदा जमदार तितरा त्यसमा पर्नुभएको थियो। हेलिकप्टर दोलखाको सिंगटीबाट घाइते लिएर काठमाडौँ आउँदै गरेको थियो। उक्त हेलिकप्टर दुर्घटना परेर पाँच जना सर्वसाधारण, दुई जना नेपाली सैनिक र छ जना अमेरिकी सैनिकको मृत्यु भएको थियो।

दार्चुला जिल्लाको शिखर गाविस वडा नं २ मा २०३८ साल वैशाख २९ गते जन्मनुभएका तितरा २०५७ साल वैशाख २० गते नेपाली सेनामा भर्ना हुनुभएको थियो। जमदार तितरा युद्ध भैरव गण महाराजगन्जमा कार्यरत हुनुहुन्थ्यो। नेपाली सेनाले जमदार तितराको पार्थिव शरीर उहाँका पिता पूर्णबहादुर तितरालाई जिम्मा लगाएको छ। दुर्घटनामा ज्यान गुमाएका व्यक्तिको शव अङ्भङ्ग अवस्थामा सङ्कलन गरिएकाले डिएनए परीक्षण गरेर मात्र आफन्तलाई बुझाउनुपर्ने हुँदा परिवारलाई शव बुझाउन झन्डै एक महिना लागेको हो।

Oman Gauchan "Hanson" Avatar
About Gurkha Channel

Gurkha channel is the sister company of Gurkha TV and the first 24-hour Nepali channel operating from the international capital of the world,London, United Kingdom. Gurkha Channels believes in honesty, respect, and unity. We belong to the land of Lord Buddha, Mt. Everest, and gallant people who sacrifice their lives for peace and humanity. Therefore, in this world of globalization, it is our effort to bring all Nepalese from around the world together and make one family: one Nation.

Search