काठमाण्डौ – प्रधानमन्त्री केपी शर्मा ओलीले ठूला दलको सहभागितामा सरकार बनेसँगै देश स्थिरता, स्थायित्व, विकास र सुशासनको बाटोमा अघि बढेको दाबी गर्नुभएको छ ।
एमाले झापा जिल्ला कमिटीले आज दमकमा आयोजना गरेको जागरणसभालाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले देशमा राजनीतिक स्थिरतासँगै सुशासन र विकासका काम भएका दाबी गर्नुभएको हो । उहाँले ढुङ्गा हानेका भरमा राजनीति गर्न खोज्नेहरुलाई नागरिकले नपत्याएको पनि बताउनुभयो ।
आन्दोलनका नाममा बैँक डुबाउनेहरू, आगजनी गर्नेहरू रक्सीका बोतल लुटेर भाग्नेहरूले नागरिकले फ्याँकिसकेको राजतन्त्र ब्युँताउन क्रान्ति गर्छु भन्ने भ्रम नपाल्न प्रधानमन्त्री ओलीको सुझाव छ ।