दुर्घटनामा परेकी भनिएकी सुष्मा नेपाली नै प्रहरी सम्पर्कमा आएपछि

Bimala Sene Avatar

काठमाडाैं । बिहीबार गठ्ठाघर दुर्घटनामा परी मृत्यु भएको शव सुष्मा नेपालीको नभएको पुष्टि भएको छ।

यसअघि प्रहरीले स्कुटर चालक दोलखाको मेलुङ गाउँपालिका वडा नम्बर ४ घर भई काठमाडौंको बागबजार बस्ने २३ वर्षीया सुष्मा नेपाली भएको बताएको थियो।

जिल्ला प्रहरी परिसर भक्तपुरका डिएसपी राजन कार्कीका अनुसार उक्त शवको पहिचान अझै हुन सकेको छैन। एक जना व्यक्तिले उक्त शव आफ्नो बहिनीको हो भन्दै प्रहरीकहाँ आएको उनले बताए। तर पछि सुष्मा नेपाली नै सम्पर्कमा आएपछि उक्त शव सुष्मा नेपालीको नभएको पुष्टि भएको हो।

‘शवको सनाखत भएको छैन। अघि घटना भएपछि एक जनाले मेरो बहिनी सुष्मा नेपाली हो भन्दै आएका थिए। कपडा र चप्पलले गर्दा कन्फ्युज भएको होला, हामीले उनलाई सोधपुछ गरिरहेका छौं,’ उनले भने, ‘दुर्घटनामा परेकी भनिएकी सुष्मा नेपाली नै हाम्रो सम्पर्कमा आएर आफ्नो परिचय खुलाएकी हुन्।’   

बिहीबार दिउँसो १:४० बजे ट्रकले स्कुटरलाई ठक्कर दिँदा स्कुटर चालकको मृत्यु भएको थियो।

घटनास्थलबाट शव पोष्टमर्टमको लागि महाराजगस्‍थित शिक्षण अस्पताल लगिएको छ। दुर्घटना भएपछि गठ्ठाघर दिनभरजसो तनावग्रस्त बनेको थियो। प्रदर्शनकारीले प्रहरीमाथि ढुंगामुढा गरेका थिए भने प्रहरीले अश्रुग्यास प्रहार गरेको थियो।

बिहीबार दिउँसो कोटेश्वरबाट भक्तपुरतर्फ जाँदै गरेको बा ४९ प ८९४४ नम्बरको स्कुटरलाई ना ६ ख २१७३ नम्बरको ट्रकले ठक्कर दिएको थियो। ट्रक चालक दुर्घटनापछि फरार छन्। चालकको खोजी भइरहेको प्रहरीले जनाएको छ।

Oman Gauchan "Hanson" Avatar
About Gurkha Channel

Gurkha channel is the sister company of Gurkha TV and the first 24-hour Nepali channel operating from the international capital of the world,London, United Kingdom. Gurkha Channels believes in honesty, respect, and unity. We belong to the land of Lord Buddha, Mt. Everest, and gallant people who sacrifice their lives for peace and humanity. Therefore, in this world of globalization, it is our effort to bring all Nepalese from around the world together and make one family: one Nation.

Search