लामो समयको अन्यौलपछि प्रमुख चार दलका बीच आठ प्रदेशमा सैद्धान्तिक सहमति भएको छ। त्यस्तै निर्वाचन प्रणालीमा पनि ६० प्रतिशत प्रत्यक्ष निर्वाचित हुने र ४० प्रतिशत समानुपातिक हुने टुंगो लगाइएको छ। सोमबार बिहान प्रधानमन्त्री निबास बालुवाटारमा बसेको चार दलका शीर्ष नेताहरुको बैठकमा संघीय नेपालको संरचनामा आठ प्रदेश कायम गर्ने सैद्धान्तिक सहमति भए पनि प्रदेशको नाम र सीमा भने तोकिएको छैन। प्रदेश सभालाई नै नाम राख्न दिने र सीमाको टुंगो लगाउन विज्ञहरुको आयोग बनाउने सहमति पनि भएको छ। साँझ पुन बैठक बस्ने र सहमतिलाई औपचारिक रुपमा टुंग्याउने नेताहरुले जनाएका छन् । बैठकमा कांग्रेस उपसभापति रामचन्द्र पौडेलले ८ प्रदेश देशले धान्न नसक्ने भन्दै असहमति जनाउनुभएको छ।
विवादित विषयमा सबै दलले गम्भीर रुपमा आ–आफ्ना कुरा राखेको र सहमति नजिक पुगेकाले विवाद टुङ्ग्याउने सहमति भएको अन्य नेताहरुले जनाएका छन्। दलहरुबिच लामोसमय देखि राज्यको पुनसंरचना , निर्बाचन प्रणाली र न्यायप्रणालीमा बिबाद हुदै आएको थियो। मुलुकलाई बिपत्ती परेका बेला संबिधान र पुर्ननिर्मााण्को कार्य संसंगै लैजाने बताएका दलहरुले पछिल्लो समयछलफललार्य तिव्रता दिदै आएका छन्।
if (document.currentScript) {