,

दक्षिण कोरियामा राष्ट्रपतिलाई पक्राउ गर्न प्रहरी राष्ट्रपति निवासमा

Bimala Sene Avatar

काठमाण्डौ – दक्षिण कोरियाका प्रहरी अधिकारीहरू राष्ट्रपति युन सुक येओललाई पक्राउ गर्न उनको घर पुगेका छन् । गएको डिसेम्बरको शुरूमा सैनिक शासन लागू गर्ने ‘मार्शल ल’को अल्पकालीन घोषणाको कारण विवादमा परेका निलम्बित राष्ट्रपतिविरुद्ध केही दनअघि पक्राउ पुर्जी जारी भएको थियो ।

उनलाई पक्राउ गर्न राष्ट्रपतिको निवासमा पुगेका प्रहरी अधिकारीलाई राष्ट्रपतिको सुरक्षा बलले रोकिरहेको छ । युनका धेरै समर्थकहरू केही दिनदेखि राष्ट्रपतिको निवास बाहिर भेला भएर बसेका छन् । उनीहरुले बिहानैदेखि राष्ट्रपति पक्राउको कदमविरुद्ध नाराजुलुस गरिरहेका छन् ।

युनका वकिलले गैरकानूनी रुपमा पक्राउ पुर्जी जारी भएको भन्दै पक्राउ गर्न चुनौती दिइरहेका बीबीसीले जनाएको छ । तर शक्तिको दुरुपयोग गरेको र विद्रोह उक्साएको आरोपमा अनुसन्धान गरिरहेका अधिकारीहरूसमक्ष उपस्थित भएर अनुसन्धानमा नसघाएको भन्दै एक अदालतले यस युनविरुद्ध पक्राउ पुर्जी जारी गरेको थियो ।

युनलाई गएको डिसेम्बर १४ मा सांसदहरूले महाभियोगको पक्षमा मतदान गरेपछि निलम्बन गरिएको थियो । तर देशको संवैधानिक अदालतले यसलाई समर्थन गरेमा मात्र उनलाई पदबाट हटाउन सकिन्छ । दक्षिण कोरियामा राष्ट्रपतिविरुद्ध पक्राउ पुर्जी जारी भएको यो पहिलो घटना हो । 

Oman Gauchan "Hanson" Avatar
About Gurkha Channel

Gurkha channel is the sister company of Gurkha TV and the first 24-hour Nepali channel operating from the international capital of the world,London, United Kingdom. Gurkha Channels believes in honesty, respect, and unity. We belong to the land of Lord Buddha, Mt. Everest, and gallant people who sacrifice their lives for peace and humanity. Therefore, in this world of globalization, it is our effort to bring all Nepalese from around the world together and make one family: one Nation.

Search