लन्डन । लन्डनको थेम्स नदीको किनारमा गोर्खा स्मारक अनावरण गरिएको छ । थरक काउन्सिलका मेयर कैरन रयापर र गोर्खा मेजर डिल्ली कुमार राईले संयुक्तरुपमा नवनिर्मित गोर्खा स्मारकको उद्घाटन गरेका हुन । मेयर रयापरले आफ्नो इलाका ईसेक्समा पहिलो गोर्खा स्मारक बनेकोमा खुसि ब्यक्त गरिन् ।
कार्यक्रममा गैर आवासीय नेपाली संघका युके अध्यक्ष प्रेम गाह मगर, गोर्खा मेजर राई लगायतले सम्बोधन गरेका थिए । स्मारकको अनावरण बहूधर्मसंस्कारबाट गरियो । बुद्धिष्ट पुजारी, हिन्दु पुजारी, क्रिश्चियन पुजारी र किरात धर्मका राई र लिम्बु पुजारीले एकैसाथ आ-आफ्नो तरिकाले पुजा अनुष्ठान गरेका थिए ।
क्रस खुकुरी माथि गोर्खा हेड भएको स्मारक यूकेको हकमा सम्भवत यो पहिलो स्मारक हो । पंचधातुबाट बनेको स्मारकको कुल लागत ४५ हजार पाउण्ड अर्थात साढे ७८ लाख रहेको निर्माण समितिले जानाएको छ ।
प्रसिद्ध डार्टफोर्डक्रसिङ नजिकै थेम्स नदिको डिलमा रहेको प्रफिट ह्यारिटेज मिलिट्री संग्राहलयको प्राङगणमा सो स्मारकको स्थापना गरिएको हो । थरक नेपलिज गोर्खा कम्युनिटीको सयुक्त पहलमा सो स्मारकको निर्माण गरिएको हो भने परिकल्पनाकार किसोर लिम्बु र मान बहादुर राई हुन ॥