,

थाइल्यान्डमा समलैंगिक विवाहलाई कानूनी मान्यता

Gurkha Channel Avatar

एजेन्सी । पूर्वी एशियाली देश थाइल्यान्डले समलैंगिक विवाहलाई कानूनी मान्यता दिएको छ । थाइल्यान्डमा लामो समयदेखि प्रतिक्षा गरिएको समान विवाह कानून आजदेखि लागू भएको बीबीसीले जनाएको छ ।

आज सयौं समलिंगी जोडीले विवाह दर्ता गराएका छन् । जिल्ला अधिकारीहरूले फोटो बुथ र निःशुल्क कप केकसहित पार्टीको आयोजना गरेका छन् । त्यहाँ विवाह दर्ता गराउनेहरू विभिन्न रंगका पोशाकमा सजिँदा उत्सवमय भएको खबरमा उल्लेख छ । विवाह दर्ता गर्ने पहिलो जोडीलाई हवाई टिकट पनि नि:शुल्क थियो ।

विश्व आर्थिक मञ्चमा सहभागी हुन स्विट्जरल्यान्डको डाभोसमा रहनुभएकी प्रधानमन्त्री पेतोङतार्न सिनावात्राले ‘थाइल्यान्डमा इन्द्रेणी झण्डा माथि उडिरहेको छ’ भनेर फेसबुकमा लेख्नुभएको छ । यस्तै थाइल्यान्डका पूर्वप्रधानमन्त्री श्रीथा टाविसिनले आफूहरू अमेरिकाभन्दा धेरै खुला विचारका भएको टिप्पणी गर्नुभएको छ ।

गएको सेप्टेम्बरमा थाइल्यान्डका राजा महा वजिरालोङकोर्नले यो कानूनलाई अनुमोदन गर्नुभएको थियो । त्यसको १ सय २० दिनपछि यो कानून लागू भएको हो । थाइल्यान्डमा ‘एलजीबीटीक्यू प्लस’ अर्थात् यौनिक तथा लैंगिक अल्पसंख्यक समुदायको अधिकारलाई धेरै महत्त्व दिइन्छ ।

थाई सामाजिक अभियन्ताहरूले समलिंगी विवाहको अधिकारलाई मान्यता दिन एक दशकदेखि प्रयास गरिरहेका थिए तर देशमा राजनीतिक उथलपुथलका कारण यो कदम बारम्बार ढिला भइरहेको थियो ।

नयाँ विवाह कानूमा पुरुष, महिला, पति र पत्नीको सट्टा लैङ्गिक तटस्थ शब्द प्रयोग गरिएको छ । नयाँ कानूनमा तेस्रोलिंगीलाई पनि विवाह गर्ने अधिकार दिइएको छ ।

Oman Gauchan "Hanson" Avatar
About Gurkha Channel

Gurkha channel is the sister company of Gurkha TV and the first 24-hour Nepali channel operating from the international capital of the world,London, United Kingdom. Gurkha Channels believes in honesty, respect, and unity. We belong to the land of Lord Buddha, Mt. Everest, and gallant people who sacrifice their lives for peace and humanity. Therefore, in this world of globalization, it is our effort to bring all Nepalese from around the world together and make one family: one Nation.

Search