,

थाइल्याण्डका प्रधानमन्त्री थाभिसिनलाई अदालतले पदबाट हटायो

Bimala Sene Avatar

काठमाडौँ –  थाइल्याण्डका प्रधानमन्त्री श्रेथा थाभिसिनलाई संवैधानिक अदालतले पदबाट हटाएको छ ।

उहाँमाथि आपराधिक रेकर्ड भएका वकिललाई क्याबिनेटमा समावेश गरेको आरोप लागेको थियो । अदालतले प्रधानमन्त्री श्रेथाको यो कदमलाई नैतिकताको उल्लङ्घन भएको भन्दै दोषी ठहर गरेको छ ।

संवैधानिक अदालतका ९ न्यायाधीशको इजलासले ५–४ को बहुमतले यस्तो निर्णय गरेको हो । पूर्व सिनेटरहरुले प्रधानमन्त्री श्रेथाविरुद्ध अदालतमा उजुरी दिएका थिए । यी सबै सिनेटरहरू अघिल्लो सरकारले नियुक्त गरेका थिए । यो निर्णयपछि थाइल्याण्डमा राजनीतिक संकट उत्पन्न भएको छ ।

अघिल्लो साता संवैधानिक अदालतले प्रमुख प्रतिपक्षी दल मुभ फर्वार्ड पार्टीलाई खारेज गरेको थियो । साथै यसका सबै नेताहरुलाई १० वर्ष प्रतिबन्ध लगाइएको छ । गत वर्ष भएको निर्वाचनमा मुभ फरवार्ड पार्टीले सबैभन्दा बढी सिट जितेको थियो ।

अदालतले आदेशमा थाई सरकारको मन्त्रिपरिषद् पनि विघटन गरेको छ । अब यसपछि नयाँ प्रधानमन्त्री नियुक्त हुनेछन् ।

फू थाइ पार्टी नेतृत्वको सत्तारुढ गठबन्धनले अब प्रधानमन्त्री पदका लागि नयाँ नाम घोषणा गर्ने भएको छ । नयाँ नाम घोषणा गर्न थाइल्याण्डको ५०० सदस्यीय संसदमा मतदान हुनेछ ।

अदालतले प्रधानमन्त्री श्रेथाले आपराधिक रेकर्ड भएका व्यक्तिलाई जानाजानी मन्त्रिपरिषद्मा समावेश गरेको बताएको छ ।

मन्त्रिपरिषद्मा सामेल हुने वकिल पिचित चुएनबान हुन्, जो २००८ मा एक मुद्दामा दोषी ठहरिनुभएको थियो  ।

Oman Gauchan "Hanson" Avatar
About Gurkha Channel

Gurkha channel is the sister company of Gurkha TV and the first 24-hour Nepali channel operating from the international capital of the world,London, United Kingdom. Gurkha Channels believes in honesty, respect, and unity. We belong to the land of Lord Buddha, Mt. Everest, and gallant people who sacrifice their lives for peace and humanity. Therefore, in this world of globalization, it is our effort to bring all Nepalese from around the world together and make one family: one Nation.

Search