काठमाडौँको उत्तरपूर्वी भेगस्थित गोकर्णेश्वर नगरपालिका– ७ तारेभिरमा आज बिहान देखि पहिरो जान थालेको छ। पहिराका कारण ७० घर जोखिममा परेको स्थानीयवासीले जनाएका छन्। पहिरो गएको खबर पाउनासाथ सभासद् रामेश्वर फुयाँल, गोकर्णेश्वर नगरपालिका कार्यकारी अधिकृत रामचन्द्र तिवारी एवम् राजनीतिक दलका नेता कार्यकर्ता अवलोकनका लागि तारेभिर पुग्नुभएको थियो। नेपाली काँग्रेस ३ नं क्षेत्रका सचिव एवम् स्थानीयवासी श्रीकृष्ण ज्योति स्थानान्तरण गरिने घरपरिवारका मानिसलाई राहतसहित बस्ने खाने व्यवस्था गर्न सरकारसँग माग गरिएको बताउनुहुन्छ। वैशाख १२ गतेको भूकम्पका दिन सामान्य पहिरो गए पनि धाँजा फाटेका स्थानमा शुक्रबार रातिको वर्षाले पहिरो गएको हुन सक्ने स्थानीयवासीले बताएका छन्। पहिरो बढ्दै गएमा नगरपालिकाका ७ र ८ नं वडाका २०० घर परिवारसम्मलाई असर पुग्ने स्थानीयवासी ज्योतिले बताउनुभयो।
} else {