,

तमु धीं यूकेले भव्य रूपमा मनायो रजत महोत्सव तथा तमु ल्होछार

Bimala Sene Avatar

लन्डन । तमु धीं यूकेले विभिन्न कार्यक्रमसहित शनिबार २८ डिसेम्बर २०२४ मा रजत महोत्सव तथा तमु ल्होछार मनाएको छ । 

क्राइस्टचर्च एभिन्यू, ह्यारो लेजर सेन्टरमा भव्य समारोहबीच स्थापनाको २५औं वर्षगाँठ तथा तमु ल्होछार मनाएको हो । अध्यक्ष हरि गुरुङको अध्यक्षतामा भएको कार्यक्रममा नेपाली दूतावास लन्डनका उपनियोग प्रमुख विपिन दुवाडी प्रमुख अतिथिका रुपमा उपस्थित थिए । 

महासचिव डा. विशाल गुरुङले सञ्चालन गरेको कार्यक्रममा डा. हर्क गुरुङ अवार्ड वितरण, संस्थाको मुखपत्र फ्रेंसी विमोचन, हरि गुरुङ नेतृत्वको १२औं कार्यसमिति र नवनिर्वाचित अध्यक्ष जुमकाजी गुरुङ, आमा समूह अध्यक्ष सन्ध्या गुरुङ र नवनिर्वाचित आमा समूह कमलादेवी गुरुङ नेतृत्वबीच कार्यभार हस्तान्तरण, रजत महोत्सवको गीत सार्वजनिक, राफल ड्र, तमु धीं यूकेका संस्थापक पूर्वअध्यक्ष, पूर्वअध्यक्ष, विभिन्न इकाइमा योगदान दिनेहरू, कम्युनिटी सर्भिस अवार्डलगायतलाई बधाई तथा सम्मान गरिएको थियो ।

यस वर्ष डा. हर्क गुरुङ अवार्ड जीसीएसी उत्कृष्ट अंक ल्याउने लमजुङ पुर्ख्यौली घर भई हाल बेलायतमा रहेकी अम्बिका गुरुङले प्राप्त गरिन् । प्रमुख अतिथि उपनियोग प्रमुख विपिन दुवाडी र संस्थाका अध्यक्ष हरि गुरुङले खादा, प्रमाणपत्र र ५ सय पाउन्डको चेक हस्तान्तरण गरे । 

संस्थापक अध्यक्ष मिनप्रसाद गुरुङ, पूर्वअध्यक्षहरु मेजर डमर घले एमबीई, मेजर लालबहादुर गुरुङ, सुवाससिं गुरुङ बीईएम, मुछेत्र गुरुङ, कमल गुरुङ, रामचन्द्र गुरुङ, ज्ञाम गुरुङ, नन्दजंग गुरुङ, हितकाजी गुरुङलगायतलाई सम्मान गरियो । यस्तै संस्थापक सल्लाहकार, चन्द्रबहादुर गुरुङ, आशबहादुर गुरुङ, मिनबहादुर गुरुङ, संस्थापक कोषाध्यक्ष सूर्य गुरुङलगायत सदस्यहरूलाई पनि सम्मान गरिएको थियो । 

कम्युनिटी सर्भिस अवार्डतर्फ लन्डन इकाईबाट सिफारिस भएका प्रेमराज गुरुङ र लक्ष्मी गुरुङ, साउथ इस्ट रिजनल तमु धीं इकाइका ह्यारी गुरुङ, रन्जु घोताने, चारभन्ज्याङ तमु समाज यूकेबाट मास्टर प्रदीपजङ गुरुङ र अनमोल गुरुङलगायतलाई पनि सम्मान गरिएको थियो ।  

अन्तर्राष्ट्रियस्तरमा आफ्नो प्रतिभा देखाउने समुदायका एक महिला र एक पुरुषलाई हरेक वर्ष प्रदान गरिने उद्देश्य अनुरुप शनिबार संस्थाको तर्फबाट महासचिव डा. विशाल गुरुङले ‘तमु प्रतिभा पुरस्कार-२०२४’ घोषणा गरेका हुन् । यस वर्ष उक्त पुरस्कार राष्ट्रिय कराँते खेलाडी एरिका गुरुङ (धादिङ) र प्यारा ग्लाइडर युकेश गुरुङ (कास्की) लाई प्रदान गरिने भएको छ । पुरस्कार राशि ५० हजार रुपैयाँ रहेको छ । पुरस्कार हरेक वर्ष मनाइने ल्होछार कार्यक्रममा वितरण गरिने तमु धीं यूकेले जनाएको छ । 

तमु धीं यूकेको मुखपत्र ‘फ्रेसी’ प्रमुख अतिथि, विशेष अतिथिलगायतले लोकार्पण गरेका थिए । ल्होसार रजत महोत्सवको गीत पनि सार्वजनिक गरिएको थियो । मिनप्रसाद गुरुङको परिकल्पना रहेको गीत वरिष्ठ समाजसेवी तथा शिक्षाविद् एकेन्द्र गुरुङले लेखेका हुन् । ममता गुरुङ र राज गुरुङको आवाज रहेको गीतमा साजन गुरुङले संगीत दिएका छन् ।  

प्रमुख अतिथि दुवाडीले ल्होछार रजत महोत्सवको शुभकामना सन्देश दिँदै तमु धीं यूकेको प्रशंसा गरेका थिए । त्यस्तै विशेष अतिथि तमु धीं नेपालका अध्यक्ष हुम गुरुङले तमुहरूको मौलिकता हराउँदै गएकोमा चिन्ता व्यक्त गरेका थिए । ‘हाम्रो मौलिकता हराउँदै गएको छ । हामी तमु बन्नु पर्छ,’ उनले भनेका थिए । 

गैर आवासीय नेपाली संघ उपाध्यक्ष डा. हेमराज शर्माले राज्यले गर्नु पर्ने काम तमु धीं यूकेले गरिरहेको बताए । शुभकामना दिनेहरूमा जापानबाट आएका उपाध्यक्ष अर्मन गुरुङ, तमुँ ट्होह्यूला हङकङका भुपू उपाध्यक्ष गणेश गुरुङ, संस्थापक अध्यक्ष मिनप्रसाद गुरुङ, तमु प्हेल्हू संघ यूकेका अध्यक्ष क्या. रि. डेमबहादुर गुरुङ र एनआरएनए यूकेका अध्यक्ष हितकाजी गुरुङ थिए । प्रमुख संयोजक उपाध्यक्ष कमल गुरुङले कार्यक्रमबारे प्रस्ट पारेका थिए । नयाँ र निवर्तमान अध्यक्ष दुवैले आ-आफ्नो मन्तव्य राखेका थिए । 

नेपाल पत्रकार महासंघ यूकेका अध्यक्ष विमला सेनेलगायत एक दर्जन बढी पत्रकारको उपस्थिति रहेको थियो । मेयर जित रानाभाट र यूके भरिकै विभिन्न पर्टीका काउन्सिलरहरूको बाक्लो उपस्थिति रहेको  थियो । धर्म गुरुहरू र विभिन्न संघसंस्थाका २०० आमन्त्रित पाहुनाको उपस्थितिले कार्यक्रमको शोभा बढाएको थियो ।

नेपालबाट आएका कलाकारहरू राजबहादुर गुरुङ, आश्रम गुरुङ, सज्जा चौलागाईं र ब्यान्डसहित तृष्णा गुरुङले सांगीतिक धमाका मच्चाए । गुरुङ मौलिक पोसाकमा सजिएका गुरुङ, गुरुङसेनी र गैर गुरुङ समुदायले हल खचाखच भरिएको थियो ।

Oman Gauchan "Hanson" Avatar
About Gurkha Channel

Gurkha channel is the sister company of Gurkha TV and the first 24-hour Nepali channel operating from the international capital of the world,London, United Kingdom. Gurkha Channels believes in honesty, respect, and unity. We belong to the land of Lord Buddha, Mt. Everest, and gallant people who sacrifice their lives for peace and humanity. Therefore, in this world of globalization, it is our effort to bring all Nepalese from around the world together and make one family: one Nation.

Search