,

डा. शेष घले लन्डनमा, घलेले एनआरएनए यूके एकता अधिवेशन सम्बोधन गर्ने

Gurkha Channel Avatar

लन्डन । सर्वोच्चको परमादेश अनुसार गठित एनआरएनए उच्चस्तरीय समितिका संयोजक डा शेष घले लन्डन आइपुगेका छन् । आइतबार अलडरसटमा तय एनआरएनए यूके एकता अधिवेशनलाई सम्बोधन गर्न उनी शनिबार बिहान लन्डन आइपुगेका हुन् ।

एनआरएनए यूके एकता अधिवेशन आयोजक मूल समितिका संयोजक योगेन क्षेत्री, एनआरएनए आइसिसी उपाध्यक्ष थर्क सेनलगायतले डा घलेलाई हिथ्रो विमानस्थलमा स्वागत गरेका थिए । घलेको स्वागतका लागि एनआरएनए यूके प्रमुख संरक्षक डेभिड गुरुङ, प्रमुख सल्लाहकार भरत क्षेत्री, अधिवेशन आयोजक मूल समिति सदस्यसचिव आरके त्रिपाठी, तमुधिं यूके अध्यक्ष जुमकाजी गुरुङ, तमुधिं यूके पूर्व अध्यक्षहरु रामचन्द्र सुर्जे गुरुङ र ज्ञाम गुरुङ, बुद्धिजिबी एकेन्द्र गुरुङसहितका अभियन्ता पनि हिथ्रो पुगेका थिए ।

एनआरएनए यूके एकता अधिवेशनका लागि आएका घले दुई दिन मात्रै बेलायतमा रहनेछन् । उनले आगामी मे ३ देखि ५ तारिखसम्म काठमाडौंमा तय एनआरएनए केन्द्रको एकता अधिवेशन सफल बनाउन अपिल गर्ने कार्यक्रम छ। एनआरएनए यूके एकता अधिवेशन आयोजक मूल समितिका संयोजक योगेन क्षेत्रीले डा घलेको आगमनले बेलायतमा एकता अधिवेशनका लागि उत्साहपूर्ण वातावरण बनाएको बताए ।

एनआरएनए यूके अध्यक्ष प्रेम गाहामगरले डा घलेको प्रमुख आतिथ्यमा आइतबार अल्डसटको द प्यालेसमा हुने एकता अधिवेशनमा सहभागी हुन बेलायतवासी सबै गैरआवासीय नेपालीलाई आव्हान गरेका छन्।

Oman Gauchan "Hanson" Avatar
About Gurkha Channel

Gurkha channel is the sister company of Gurkha TV and the first 24-hour Nepali channel operating from the international capital of the world,London, United Kingdom. Gurkha Channels believes in honesty, respect, and unity. We belong to the land of Lord Buddha, Mt. Everest, and gallant people who sacrifice their lives for peace and humanity. Therefore, in this world of globalization, it is our effort to bring all Nepalese from around the world together and make one family: one Nation.

Search