लन्डन । मनोक्रान्ति यूकेको निमन्त्रणामा मनोक्रान्तिका प्रणेता डा. योगी विकाशानन्द र रेकी ग्रान्ड मास्टर कमलेश्वरी बेलायत आएपुगेका छन् । २३ मेको राति गुरु डा.योगी विकाशानन्द,रेकी ग्रान्ड मास्टर कमलेश्वरी र छोरा क्वान्टम संबुद्ध लन्डन आइपुगेका हुन् ।
उहाहरुलाई मनोक्रान्ति टीम यूकेका संयोजक तथा पत्रकार नगेन्द्रराज नेम्बाङ लगायतले हिथ्रो विमानस्थलमा भब्य स्वागत गरेका थिए । यसैगरी डा.योगी विकाशानन्द र कमलेश्वरीले मे २५ तारिखमा तमुधीं यूकेको आयोजनामा हुने गोर्खाकप २०२५ मा १ घण्टा मनोक्रान्ति प्रशिक्षण दिने तयारी समेत भएको मनोक्रान्ति यूकेका अध्यक्ष नेम्बाङले बताउनु भएको छ।
यसै गरी मनोक्रान्ति टिम यूकेले ‘मिर्मिरे बिहानीमा ज्ञानको किरण’ (कुन्डलिनी योग र चक्र ध्यान,रेकी साधना) २६ मई २०२५ देखि ३० मई २०२५ सम्म आयोजना गरेको छ । कार्यक्रमको उद्घाटन बेलायतका लागि नेपाली राजदूत चन्द्रप्रसाद घिमिरेको प्रमुख आतिथ्यतामा हुने जनाइएको छ भने बेलायतमा सक्रिय नेपाली संघ संस्थाका अध्यक्ष तथा प्रतिनिधिहरु उपस्थित हुने कार्यक्रम छ।
शसुल्क हुने प्रशिक्षण कार्यक्रम अल्डरसटस्थित एम्पायर हलमा बिहान ८ बजेबाट बेलुकी ५ बजेसम्म सञ्चालन हुनेछ भने कार्यक्रम डा.योगी विकाशानन्द र कमलेश्वरीले प्रशिक्षण दिनु हुने छ।
