,

जो बाइडेनका छोराले गरे कर छलेको अभियोग स्वीकार, १७ वर्षसम्म कैद सजाय हुन सक्ने

Bimala Sene Avatar

एजेन्सी । अमेरिकी राष्ट्रपति जो बाइडेनका छोरा हन्टर बाइडेनले संघीय कर सम्बन्धी मुद्दामा गल्ती गरेको अभियोग स्वीकार गरेका छन्।

हन्टरले कर छलेको र करका लागि झुटो व्यहोरा बुझाएको सम्बन्धी लस एन्जलसको संघीय अदालतमा चलिरहेको मुद्दामा उनले बिहीबार एक्कासी नौ वटा कसुर गरेर घटीमा १४ लाख डलर कर नतिरेको स्वीकार गरेका छन्।

अदालतमा सो मुद्दा हेर्ने ‘ज्युरी’ छान्न १०० जनाभन्दा बढीलाई अन्तर्वार्ताका लागि बोलाइसके पछि हन्टरले गल्ती गरेको स्वीकार गरेका हुन्।

सुरूमा उनका वकिलले ‘अल्फर्ड प्ली’ का लागि कुरा गरेका थिए। सन् १९७०मा सर्वोच्च अदालतमा हेन्री अल्फर्डलाई लागेको ज्यान मुद्दामा उनले आफू निर्दोष रहेको तर मृत्युदण्डबाट जोगिनका लागि ‘सेकेन्ड डिग्री मर्डर’ गरेको स्वीकार गरेका थिए।

योजना नबनाई गरिएको नियतवश हत्या र मानव जीवनको वास्ता नगरी चरम लापरवाहीका कारण ज्यान गएमा अमेरिकी न्याय प्रणालीमा त्यसलाई ‘सेकेन्ड डिग्री मर्डर’ भनिन्छ।

न्यायाधीशले उनको माग स्वीकार गरेर अल्फर्डलाई मृत्युदण्ड नदिएर ‘सेकेन्ड डिग्री मर्डर’का लागि ३० वर्ष सजाय दिएका थिए।

अमेरिकामा बिरलै मात्रै प्रयोग हुने ‘अल्फर्ड प्ली’ दिन न्यायाधीशले माने अभियुक्तले गल्ती स्वीकार गरेपनि उनलाई निर्दोष मानिन्छ।

हन्टरले बिहीबार ‘अल्फर्ड प्ली’ मागे पछि भने सरकारी वकिलले कडा प्रतिवाद गर्दै उनी दोषी भएको जिकिर गरेका थिए। त्यसको केहीबेर पछि हन्टरले अप्रत्यासित रूपमा गल्ती गरेको स्वीकार गरेका थिए।

Oman Gauchan "Hanson" Avatar
About Gurkha Channel

Gurkha channel is the sister company of Gurkha TV and the first 24-hour Nepali channel operating from the international capital of the world,London, United Kingdom. Gurkha Channels believes in honesty, respect, and unity. We belong to the land of Lord Buddha, Mt. Everest, and gallant people who sacrifice their lives for peace and humanity. Therefore, in this world of globalization, it is our effort to bring all Nepalese from around the world together and make one family: one Nation.

Search