लन्डन- नेपाली कांग्रेसनिकट नेपाली जनसम्पर्क समिति यूकेमा विभिन्न पदाधिकारी तथा सदस्य मनोनित भएका छन् । समितिका कार्यकारी सभापति युवराज सिंहले उपसभापति, महामन्त्री, सहमहामन्त्री र तीन कार्यसमिति सदस्य मनोनित गरेका हुन् ।
समितिको उपसभापतिमा असल लिम्बू, महामन्त्रीमा विनय दाहाल र सहमहामन्त्रीमा किशोर गुरुङ मनोनित भएका छन् । त्यस्तै, कार्यसमिति सदस्यहरुमा दिपककुमार तुम्बापो, राजकुमार देउवा र प्रल्हाद कंडेललाई मनोनयन गरिएको हो ।
सभापति युवराज सिंहले विधानले दिएको अधिकारबमोजिम नयाँ पदाधिकारी तथा सदस्यहरु मनोनित गरिएको जानकारी दिए। नयाँ पदाधिकारीहरुको मनोनयनसम्बन्धि जानकारी नेपाली कांग्रेस केन्द्रीय समितिलाई पठाइसकिएको उनले बताए । सभापति सिंहले नयाँ पदाधिकारी तथा सदस्यहरुले संस्थाको उद्धेश्य र मूल्यमान्यताअनरुप कुशलतापूर्वक भूमिका निर्वाह गर्ने विश्वास व्यक्त गरेका छन्।
उनीहरुको योगदानले संस्थालाई अझ मजवुत र प्रभावकारी बनाउन सहयोग पुग्ने आशा उनको छ ।