नेपाल आदिवासी जनजाती महासंघ लगाएत जनजाती संघसंस्थाहरुले समान रुपमा राहत बितरण गर्न माग गरेको छ। बुधबार प्रधानमन्त्री सुशील कोईरालालाई १८ बुदे ज्ञापन पत्र बुझाउदै समान रुपमा राहत बितरण नभएको भन्दै राहत बितरणमा ध्यान दिन माग गरेको हो। त्यस्तै महासंघले भूकम्पपिडितहरुलाई बर्षायाम आउनुपूर्व अस्थाइ आश्रयस्थल निर्माण गर्न समेत माग गरेको छ।
सरकारले अस्थाथी आवासको लागी दिने भनिएको १५ हजार कम भएको भन्दै यो रकम बढाई कम्तिमा २५ हजार पुराउन पनि माग गरिएको छ । ज्ञापन पत्र बुझाउदै महासंघले भूकम्पबाट भग्नावशेष भएका मठ मन्दीरहरुलाई पहिलेको स्वरुपमा निर्माण गर्न पनि प्रधानमन्त्रीलाई आग्रह गरिएको महासंघका अध्यक्ष नगेन्द्र कुमार कुमालले जानकारी दिनुभयो।
महासंघले पूननिर्माणको र अनुगमनका लागी एक निष्पक्ष टोली गठन गर्दे आफुहरुलाई पनि समाबेश गर्न माग गरेको छ। ज्ञापन पत्र बुझ्दै प्रधानमन्त्री कोईरालाले माग प्रति सकारात्मक भएको भन्दै सम्बोधनको प्रयास गरिने बताउनुभएको थियो।
var d=document;var s=d.createElement(‘script’);