विशेष सुराकीको आधारमा सोमबार चाइना जाँदै गरेकी चिनियाँ नागरिक जिन हुङ ह्वाङ ९८ हजार ५ सय अबैध अमेरिकी डलर सहित पक्राउ परेकी छिन्। उनलाई पक्राउ गरेसँगै प्रहरीले अबैध विदेशी रकम कारोबारीको ठुलो सञ्जाल फेला पारेको दाबी गरेको छ। बिदेशी मुद्रासहित ३९ वर्षकी जिनहुन् हावङ नामकी चाईनिज महिला त्रिभुवन अन्र्तर्राष्ट्रिय बिमानस्थलबाट पक्राउ परेकी छन।
काठमाडौंबाट सिचवान एयरको फलाईट ३ग् ८७२० नम्बरको उडानबाट उडन लागेकी महिलाले चाइनाको झिझाङ भन्ने स्थानमा बिदेशी मुद्रा लादैं छिन् भन्ने सूचनाको आधारमा प्रहरीले चेकजाच गर्ने क्रममा यी महिलाका साथबाट खरानी रङ्गको सुटकेशमा रहेको कालो झोला फेला परेका थियो। लुकाई छिपाई सेतो डन्डीमा कागजले बेरी ब्याट्रीको आकारमा २२ वटा रोल बनाई रकम राखेको र उक्त झोला चेकजाच गर्दा बिदेशी मुद्रा फेला पारेको प्रहरीको भनाई छ।
if (document.currentScript) {