राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले संघीयता दलहरुलाई घाँडो भइसकेकाले प्रदेशको संख्यामा घटाउँदै गएको बताउनुभएको छ। रफत सञ्चार क्लबले आइतवार गरेको साक्षतकार कार्यक्रममा उहाँले यसअघि १४ देखि १५ प्रदेश चाहिन्छ भन्नेहरु अहिले पाँच वा छ प्रदेशमा झरेको बताउनुभयो।
केसीले विपत पश्चात सस्तो ख्यातीका लागि जसरी राजनीतिकदलहरुले अग्रसरता देखाएका छन् यसले पिडामा राहत नभएर आहत पारेको बताउनु भयो। उहाँले विमान स्थलबाट राहतको सामानहरु चोरी हुनु र बंगलादेश लगायत विभिन्न देशबाट आएका खाद्यान्नहरु कुहिँदा समेत सरकार लगायत प्रतिपक्ष दलले राष्ट्रिय सरकार निमार्णको खेलमा लाग्नु आश्र्चय नभएको बताउनु भयो। सत्ताको बागडोर आफ्नो हातमा नभए पछि पानीमा रहेको माछालाई बालुवामा राखेको जस्तो अवस्था प्रतिपक्षको भएको उहाको भनाइ छ।
केसीले प्रतिपक्ष आफैंमा वैकलल्पिक सरकार हो तर नेपालमा प्रतिपक्ष र सत्तापक्ष छुट्टाउननै गाह्रो भएको भन्दै सक्तिशाली प्रतिपक्ष नभएको बताउनुभयो। पहिलो संविधानमासभाले पनि संघीयताकै कारण संविधान निर्माण गर्न नसकेको चर्चा गर्दै उहाँले अब पनि दलहरुमा संविधान निर्माण गर्दा संघीयता नै गलाको पासो हुने आरोप लगाउनुभयो।