,

चलचित्र विकास बोर्डका अध्यक्ष डिसीसहितका कलाकार बेलायतमा 

Bimala Sene Avatar

लन्डन । चलचित्र विकास बोर्डका अध्यक्ष डिसीसहितका कलाकार बेलायत आइपुगेका छन् ।  

शनिबार ३१ मेमा हुने तेस्रो नेपाली चलचित्र महोत्सव समापन समारोहका लागि नेपालबाट अध्यक्ष डिसी, वरिष्ठ कलाकार सन्तोष पन्त, गायक-गायिका प्रताप दास, सुवानी मोक्तान, राजेश बर्देवा, डान्सर आश्मा विश्वकर्मा लगायतलाई लन्डन आएका हुन् । उनीहरुलाई बिहीबार हिथ्रो एयरपोर्टमा आयोजक थर्ड आइ टिमले स्वागत गर्‍यो । 

कलाकारको स्वागतका लागि विकास देवकोटा, सुनिलबाबु खड्का, रोमियन लिम्बु, प्रशान्त खड्कालगायत हिथ्रो एयरपोर्ट पुगेका थिए । कलाकारहरुले शनिबार ग्रीनफोर्ड टाउन हलमा हुने समारोहमा आएर आफूहरुलाई हौसला दिन अनुरोध गरेका छन् । यसअघि नायिकाद्वय विपना थापा र निती शाह एवं धिरेन शाक्य लन्डन आइसकेका छन् ।

बेलायतमै रहेका सेलिब्रेटी समेत उक्त कार्यक्रममा सहभागी हुने छन् । समापन समारोह नेपाली सिनेमा, भाषा र सांस्कृतिक विविधताको उत्सव हुने अपेक्षा गरिएको छ । सो अवसरमा नेपालबाट आएका कलाकारहरुले विशेष प्रस्तुति दिनेछन् भने सम्मान पनि गर्ने तयारी छ । 

विदेशमा नेपाली कला संस्कृति प्रवर्धन, नेपाली चलचित्रको अन्तर्राष्ट्रियकरण, बजार विस्तार र कलाकारहरुलाई प्रोत्साहित गर्न महोत्सव गरिएको थर्ड आइले जनाएको छ ।

Oman Gauchan "Hanson" Avatar
About Gurkha Channel

Gurkha channel is the sister company of Gurkha TV and the first 24-hour Nepali channel operating from the international capital of the world,London, United Kingdom. Gurkha Channels believes in honesty, respect, and unity. We belong to the land of Lord Buddha, Mt. Everest, and gallant people who sacrifice their lives for peace and humanity. Therefore, in this world of globalization, it is our effort to bring all Nepalese from around the world together and make one family: one Nation.

Search