भाडावाला सरोकार समाज नेपालले महाभुकम्पबाट प्रभावित भाडावालहरुको माग सम्बोधन नगरे संघर्षमा उत्रने चेतावनी दिएको छ। सोमबार काठमाडौमा पत्रकार सम्मेलन गर्दै समाजले गत बैशाख १२ र २९ गते आएको महाभुकमम्पबाट भाडावालाहरु मारमा परेको भन्दै आफ्ना जायज माग तत्काल सम्बोधन नगरे चरणवद्ध संघर्षमा उत्रने चेतावनी दिएको हो।
समाजले महाभुकम्पबाट प्रभावित भाडावालहरुको लगत लिई भुकम्प पीडित परिचयपत्र पुर्नस्थापना गर्नुपर्ने, भत्किएका घरहरुमा भाडावालका सामानहरु नष्ट भएकाले उचित क्षतिपुर्तिको व्यवस्था राज्यले गर्नुपर्ने, तीन महिनाको भाडा छुट गर्र्नुपर्ने, प्रभावितहरुको लागि अस्थायी बसोबासको व्यवस्था गर्नुपर्ने, कालोबजारी महँगी नियन्त्रण गर्नुपर्ने लगायतका माँगहरु अघि सारेको छ। समाजका अध्यक्ष विष्णुजंग बस्नेतले काठमाडौं पछिल्लो समय काम गरि खाने श्रमजिवी व्यवसायी तथा उच्च अध्ययनका लागि आउने विधार्थीहरुको बसाईथलो भएको भन्दै हालै आएको महाभुकम्पबाट अधिकांश यीनै व्यक्तिहरु प्रभावित भएकाले आफ्ना जायज माँग तत्काल सम्बोधन गर्नुपर्ने माग गर्नुभयो। कार्यक्रममा समाजका केन्द्रीय सदस्य नरेश कटुवालले पेशा व्यवसाय गरेर बस्ने भाडावालहरु हाल अति प्रताडित भएको भन्दै राज्यले तत्काल यसबारेमा सम्बोधन गर्नुपर्ने बताउनुभयो।
}