घनाबस्ती र अव्यवस्थित शहर काठमाडौंलाई धेरै समय अघिदेखि नै भूकम्पबाट खतरायुक्त शहरको रुपमा वर्णन गरिँदै आइएको थियो। र, अझै पनि भौगोलिक बनावटका कारण काठमाडौं उपत्यकाको भूकम्पको जोखिममा उत्तिकै छ। त्यसमा पनि पुराना र कमजोर संरचनाका घरहरु बस्नका लागि अयोग्य रहेको विज्ञहरुले बताउँदै आएका छन्। तर, यस्तै संरचना भएका काठमाडौंका केही स्थानमा भूकम्पले हल्लाउँदा पनि क्षति भएन।