गोर्खा वार्ता प्राविधिक संयन्त्रको बैठक मंगलबार बस्दै

Bimala Sene Avatar

लन्डन । भूतपूर्व गोर्खाहरुका माग सम्बन्धमा जारी त्रिपक्षीय वार्ताअन्तर्गत प्राविधिक संयन्त्रको अर्को बैठक तय भएको छ । नयाँ चरणको वार्ताको तयारीका क्रममा यही मंगलबार संयन्त्रको भर्चुअल बैठक हुन लागेको वार्ताका गोर्खा नेगोसिएटर मेजर रिटायर्ड जुदबहादुर गुरुङले जानकारी दिए ।

उक्त बैठक अदालतबाट गोर्खा अपिल जितेपछि यस फैसला कार्यान्वयन, अध्यागमन फि मिनाह लगायत इमिग्रेसन एजेन्डामा केन्द्रित रहने जनाइएको छ । वार्ताअघि विषयगत रुपमा प्राविधिक स्तरमा छुट्टाछुट्टै छलफलकै श्रृंखला क्रममा इमिग्रेसनसम्बन्धी विषयमा बैठक बस्न लागेको हो ।

बैठकमा लन्डनस्थित नेपाली दूतावासका अधिकारी र जीटेन समूहका पूर्व गोर्खा प्रतिनिधिसंगै बेलायती गृह मन्त्रालय अन्तर्गतका अधिकारीहरुको सहभागिता रहनेछ । गोर्खाहरुका मागका सम्बन्धमा पछिल्लो तीन वर्षदेखि जारी त्रिपक्षीय वार्ताअन्तर्गत यसअघि प्राविधिक संयन्त्रका १२ बैठक भइसकेका छन् । प्राविधिक स्तरमा गोर्खा मुद्धामा घनीभूत छलफल हुंदै आएपनि वार्तामा अपेक्षित उपलब्धि हासिल नभएकोमा भने गोर्खाहरु निराश बन्दै गएका छन् ।

Oman Gauchan "Hanson" Avatar
About Gurkha Channel

Gurkha channel is the sister company of Gurkha TV and the first 24-hour Nepali channel operating from the international capital of the world,London, United Kingdom. Gurkha Channels believes in honesty, respect, and unity. We belong to the land of Lord Buddha, Mt. Everest, and gallant people who sacrifice their lives for peace and humanity. Therefore, in this world of globalization, it is our effort to bring all Nepalese from around the world together and make one family: one Nation.

Search