,

गोर्खा मिडियाकाे वार्षिकोत्सवमा ६ जनालाई सम्मान र पुरस्कार

Bimala Sene Avatar

लन्डन । गोर्खा मिडिया यूकेकाे चौथो वार्षिकोत्सवकाे अवसरमा विभिन्न क्षेत्रबाट समाजलाई योगदान पुर्‍याउने ६ जनालाइ सम्मानसहित पुरस्कृत गरिएकाे छ ।

अल्डरसटस्थित द प्यालेस रेस्टुरेन्टमा आइतबार अायाेजना गरिएकाे विशेष समारोहबीच तमु धीं यूकेका अध्यक्ष तथा समाजसेवी हरि गुरुङ, तमु समाज यूकेका निवर्तमान अध्यक्ष तथा समाजसेवी शिवकुमार गुरुङ, युवा व्यवसायी धन तामाङ र मिस यूके नेपाल २०१७ की उपाधि विजेता सिर्जना गुरुङलाई सम्मान गरिएको हो । 

साे अवसरमा सम्मानीत हुने व्यक्तिहरूलाइ खादा, दोसल्ला, मायाको चिनो, नगद प्रमाणपत्रले सम्मान गरिएको थियो ।

गोर्खा मिडियाका प्रबन्ध निर्देशक मिलन तमुको सभापतित्वमा भएको कार्यक्रममा नेपाल पत्रकार महासंघ बेलायतकी अध्यक्ष विमला सेने प्रमुख अतिथि रहेकी थिइन् । प्रमुख अतिथि सेने, प्रबन्ध निर्देशक तमुले पानसमा दीप प्रज्वलन गरेर कार्यक्रम उद्घाटन गरेका थिए । 

यस्तै नेपालमा रहेका दुई जना वरिष्ठ कलाकारलाई पनि गोर्खा मिडियाले नगदसहित पुरस्कार दिने घोषणा गरेको छ । लोकगायिका लमजुङकी मायादेवी थापा गुरुङ र कास्कीका अभिनेता गमबहादुर गुरुङ जनही १५ हजार रुपैयाँ प्रदान गरिने भएको हो । उनीहरु नेपालमा रहेकाले निकट समयमै अर्को कार्यक्रममार्फत सम्मान प्रदान गरिने गोर्खा मिडियाले जनाएको छ । 

कार्यक्रमका प्रमुख अतिथि तथा नेपाल पत्रकार महासंघ यूकेका अध्यक्ष विमला सेनेले पत्रकारहरूले संवेदनशील भएर समाचार सम्प्रेषण गर्नुपर्ने समय रहेको बताइन् । गोर्खा मिडियाले छोटो समयमा नै बेलायतमा मात्र नभएर संसारभर रहेका नेपालीमाझ छुट्टै पहिचान बनाएको उनको भनाइ थियो । 

Oman Gauchan "Hanson" Avatar
About Gurkha Channel

Gurkha channel is the sister company of Gurkha TV and the first 24-hour Nepali channel operating from the international capital of the world,London, United Kingdom. Gurkha Channels believes in honesty, respect, and unity. We belong to the land of Lord Buddha, Mt. Everest, and gallant people who sacrifice their lives for peace and humanity. Therefore, in this world of globalization, it is our effort to bring all Nepalese from around the world together and make one family: one Nation.

Search