,

गोर्खा भूतपूर्व सैनिक संघभित्रकाे विवाद उत्कर्षमा, भावी नेतृत्वका लागि राईलाई ल्याउने याेजना

Bimala Sene Avatar

लन्डन । गोर्खा आन्दोलनमा अग्रणी भूमिका र नेतृत्व गरेको गोर्खा भूतपूर्व सैनिक संघ (गेसो) भित्रकाे विवाद उत्कर्षमा पुगेको छ । गेसो संस्थापक सभापति पदमबहादुर गुरुङ र वर्तमान सभापति कृष्णकुमार राई पक्षबीच केही समययता आरोप प्रत्यारोप चलिरहँदा नेतृत्व हेरफेरसम्म पुगेको हो ।

२८ फेब्रुअरी (फागुन ११ गते) मा सभापति राईलाई ६ पृष्ठ लामो पत्र पठाउंदै गुरुङले गेसो आन्दोलन र गोर्खा समाधि परियोजनामा धोका दिएको आरोपसहित शक्तिशाली समिति गठन गरि नेतृत्व हेरफेर गरिने चेतावनी दिएका छन् । आउँदो जुन १८ तारिखमा भूतपूर्व गोर्खाहरुको एक शक्तिशाली समिति गठन गर्ने र भावी नेतृत्वको रुपमा सत्याग्रहका प्रमुख संयोजक कृष्णबहादुर राईलाई बेलायतसँग लड्न शक्तिशाली नेता बनाएर अगाडि सारिने गुरुङको पत्रमा उल्लेख छ । 

गोर्खा अभियन्ता कृष्णबहादुर राई गेसो अमेरिकाको १४ वर्ष सभापति थिए भने सन् २००६ मा बेलायत आएपछि सन् २००९ सम्म केन्द्रिय समितिमा रहेर काम गरे । सन् २००९ मा ४ वर्ष सेवा गरेका भूतपूर्व गोर्खाहरुलाई बेलायतले आवासीय अधिकार दिने निर्णय लगत्तै गेसोले अब आन्दोलन सकियो भनेपछि राई बाहिरिएका थिए । सन् २०१२ मा ६ संगठन मिलेर राईकै नेतृत्वमा गोर्खा सत्याग्रह संयुक्त संघर्ष समिति गठन भएको थियो ।

२७ वर्षसम्म नेतृत्व गरेर गत १९ सेप्टेम्बर २०१६ मा उपसभापति कृष्णकुमार राईलाई जिम्मेवारी हस्तान्तरण गरेको स्मरण गर्दै संस्थापक सभापति गुरुङले पत्रमा आफ्नै संस्थाले परिकल्पना गरेको र भूपू सैनिकहरुको करोडौं लगानीमा निर्माण भइरहेको राष्ट्रिय गौरवको परियोजना गोर्खा समाधि योजना ध्वस्त बनाएको र गेसोलाई समाप्त पारेर बेलायतको चाहना बमोजिम काम गरेको आरोप लगाउँदै राईलाई सभापति भन्ने कुनै नैतिक अधिकार नरहेको जिकिर गरेका छन् ।

आफूले नेतृत्व हस्तान्तरण गर्दा गेसोमा हङकङ, मकाउ र बेलायतमा ११ वटा समिति रहेकामा अहिले राईसंग एउटा पनि समिति नरहेको दावी पत्रमा छ । गुरुङले गेसो संगठन र गोर्खा समाधि योजना तुहाउन तत्कालिन सचिव चन्द्रबहादुर गुरुङले पनि प्रमुख भूमिका खेलेको आरोप लगाएका छन् । गुरुङले बेलायती रक्षा मन्त्रालय (एमओडी) लाई सुराकी गर्ने गरेको र भूतपूर्व गोर्खाहरुसंग मुद्दा लडिदिन्छु भन्दै लाखौं पाउन्ड ठगी गरेको आरोप पत्रमा छ ।

पत्र :

Oman Gauchan "Hanson" Avatar
About Gurkha Channel

Gurkha channel is the sister company of Gurkha TV and the first 24-hour Nepali channel operating from the international capital of the world,London, United Kingdom. Gurkha Channels believes in honesty, respect, and unity. We belong to the land of Lord Buddha, Mt. Everest, and gallant people who sacrifice their lives for peace and humanity. Therefore, in this world of globalization, it is our effort to bring all Nepalese from around the world together and make one family: one Nation.

Search