,

गोर्खाकपमा सहभागी भएर फर्किइन् ​फुटबलर ‘साम्बा’

Bimala Sene Avatar

लन्डन । तमुधीं यूकेले २५ मेमा अल्डरसटस्थित क्वीन्स एभिन्यूमा आयोजना गरेको २३ औं गोर्खा कपमा सहभागी भएर ​नेपाली चर्चित फुटबलर सावित्रा भण्डारी ‘साम्बा’ फर्किएकी छन् ।

‘साम्बा’ हिथ्रो एयरपोर्ट हुँदै मंगलबार २७ मेमा सिधै थाइल्यान्डको राजधानी बैंककतर्फ प्रस्थान गरेकी हुन् । साम्बालाई बिदाइका लागि तमुधीं यूकेका अध्यक्ष जुमकाजी गुरुङ, आमा समूह अध्यक्ष कमलादेवी गुरुङ, महासचिव डा विशाल गुरुङ, सचिव विमल गुरुङको परिवारलगायत हिथ्रो पुगेका थिए ।  

साम्बालाई मिचेटस्थित तमुधीं भवनमा सोमबार साँझ २६ मेमा एक कार्यक्रमबीच तमुधीं यूकेले स्वागत तथा सम्मान गरेको थियो । साम्बाले बेलायतमा उच्च सम्मान पाएको भन्दै तमुधीं यूकेको प्रशंसा गरिन् । ‘लाइफमा यत्तिको स्वागत र सम्मान पाएको थिएनँ । यो विशेष सम्मानका लागि तमुधीं यूकेका आदरणीय अध्यक्ष जुमकाजी गुरुङसहित सम्पूर्ण कार्यसमितिलाई धन्यवाद र आभार प्रकट गर्न चाहन्छु ।’

उनलाई बेलायतमा ल्याउने ट्राभलिङ खर्च र खाना, बस्ने प्रबन्ध सूर्य गुरुङको नेतृत्वमा रहेको पिपल ग्रुपले गरेको थियो । 

साम्बा तमुधीं यूकेकै निमन्त्रणामा २५ मे मा आयोजित २३ औं गोर्खाकपका लागि २२ मेमा बेलायत आएकी थिइन् । 

Oman Gauchan "Hanson" Avatar
About Gurkha Channel

Gurkha channel is the sister company of Gurkha TV and the first 24-hour Nepali channel operating from the international capital of the world,London, United Kingdom. Gurkha Channels believes in honesty, respect, and unity. We belong to the land of Lord Buddha, Mt. Everest, and gallant people who sacrifice their lives for peace and humanity. Therefore, in this world of globalization, it is our effort to bring all Nepalese from around the world together and make one family: one Nation.

Search