,

क्षेत्री समाज बेलायतको नेतृत्वमा टेक जिसी, सबै पद निर्विरोध

Bimala Sene Avatar

लन्डन- क्षेत्री समाज बेलायतले सर्वसम्मत रुपमा नयाँ नेतृत्व चुनेको छ । शनिबार अल्डरसटमा सम्पन्न नवौं अधिवेशनले क्या. टेक जिसीको नेतृत्वमा २१ सदस्यीय नयाँ कार्यसमिति (२०२५ -२७) चयन गरेको हो । नयाँ कार्यसमितिअन्तर्गत उपाध्यक्षमा नरेन्द्र बस्नेत, दिल जिसी र श्रीमती प्रतिमा केसी चुनिएका छन् ।

अधिवेशनमार्फत महासचिवमा मेजर बुद्धि भण्डारी (एमभीओ),सह-सचिवमा आनन्द थापा, कोषाध्यक्ष संजय ध्वज भण्डारी, सह-कोषाध्यक्ष मेजर चक्र खत्री, जनसम्पर्क सचिव रेशम खड्का, सांस्कृतिक सचिवमा सन्तोषी कार्की, महिला संयोजकमा माया केसी र मिडिया सचिवमा राममाया बिष्ट केसी चुनिएका छन् ।

कार्यसमिति सदस्यहरुमा महेन्द्र कुँवर, श्रीमती अन्जना थापा, राजु बोहोरा, श्रीमती हिमा क्षेत्री, कृष्ण थापा, श्रीमती सम्झना अधिकारी क्षेत्री, सरोज थापा, श्रीमती शिला थापा केसी र श्रीमती विमला थापा छन् ।
नयाँ कार्यसमिति चुन्न सल्लाहकार डा राम अधिकारी, पूर्व अध्यक्ष तथा वर्तमान सल्लाहकार रि क्या धन कुँवर र पूर्व अध्यक्ष तथा सल्लाहकार यज्ञ क्षेत्री रहेको निर्वाचन कमिटी गठन गरिएको थियो ।
नयाँ कार्यसमितिलाई प्रमुख निर्वाचन आयुक्त डा राम अधिकारीले पद तथा गोपनीयताको सपथ गराएका थिए ।

यसअघि अध्यक्ष श्रद्धा थापाको सभापतित्वमा भएको उक्त अधिवेशनमा स्वागत मन्तब्य दिंदै उपाध्यक्ष टेक जिसीले क्षेत्री समाजलाई यहाँसम्म ल्याइपुर्यामउने सम्पूर्ण क्षेत्रीबन्धुलाई धन्यवाद दिए । अधिवेशन बन्द सत्रमा महासचिव ध्रुव गौतमले वाषिक प्रतिवेदन र कोषाध्यक्ष अन्जना थापाले आयव्यय विवरण पेश गरेका थिए ।

सो अवसरमा निवर्तमान अध्यक्ष श्रद्धा थापाले नवनिर्वाचित अध्यक्ष जिसीलाई सम्पूर्ण कागजात बुझबुझारथ पनि गरेकी छन् । संस्थाका सल्लाहकार तथा पूर्वअध्यक्षहरुले समाजलाई अघि बढाउन सबैले मिलेर हातेमालो गर्नुपर्ने धारणा व्यक्त गरेका थिए । संरक्षक ध्रुब केसीले पनि समाजको योगदान तथा जिम्मेवारीको बारेमा उल्लेख गरेका थिए ।

नवनिर्वाचित अध्यक्ष जिसीले आफूलाई सर्वसम्मत नेतृत्व सुम्पिएर ठूलो जिम्मेवारी दिएकामा सबैप्रति आभार व्यक्त गरे । उनले संस्थाको उद्देश्य अनुरुप प्रभावकारी काम गर्न नयां कार्यसमिति सधैं अडिग रहने समेत बताए ।

निवर्तमान अध्यक्ष श्रद्धा थापाले निर्वाचन कमिटीलाई सम्मान गर्दै आफ्नो जिम्मेवारी सफलतापूर्वक सम्पन्न गरेकोमा धन्यबाद दिइन् । सोहि अवसरमा गायक सूर्य खड्का (परदेशी गायक) लाई पनि समाजका तर्फबाट नवनिर्वाचित अध्यक्ष टेक जीसी र निवर्तमान अध्यक्ष श्रद्धा थापाले सम्मान तथा कदरपत्र प्रदान गरे । कार्यक्रमको अन्तमा गायक खड्काले केहि गीत गएर मनोरंजन दिलाएका थिए ।

बेलायतवासी क्षेत्रीहरुले आफ्नो समुदायको हकहित, नेपाली कला संस्कृति संवर्धन एवं मातृभूमिको विकासमा टेवा पुरयाउने उद्देश्यसहित सन् २००७ मा क्षेत्री समाज बेलायत स्थापना गरेका थिए ।

Oman Gauchan "Hanson" Avatar
About Gurkha Channel

Gurkha channel is the sister company of Gurkha TV and the first 24-hour Nepali channel operating from the international capital of the world,London, United Kingdom. Gurkha Channels believes in honesty, respect, and unity. We belong to the land of Lord Buddha, Mt. Everest, and gallant people who sacrifice their lives for peace and humanity. Therefore, in this world of globalization, it is our effort to bring all Nepalese from around the world together and make one family: one Nation.

Search