,

क्षेत्री समाज बेलायतको नयाँ नेतृत्वको लागि अप्रिलमा साधारण सभा हुने

Bimala Sene Avatar

लन्डन । क्षेत्री समाज बेलायतको नयाँ नेतृत्वको लागि आगामी अप्रिल ५ तारिख साधारण सभा हुने भएको छ । गत डिसेम्बर १६ मा बसेको बैठकले अल्डरसटमा ९ औं साधारण सभा गर्ने निर्णय गरेको हो ।

उक्त साधारण सभाले २०२५ –२७ का लागि नयाँ कार्यसमिति चयन गर्नेछ । कार्यसमिति चयन गर्न समाजले विधान अनुरुप तीन सदस्यीय समिति समेत गठन गरिसकेको छ । निर्वाचन समिति सदस्यहरुमा समाजका सल्लाहकार डा. राम अधिकारी, समाजका पूर्व अध्यक्ष तथा वर्तमान सल्लाहकार रि. क्याप्टेन धन कुंवर र समाजका पूर्व अध्यक्ष तथा सल्लाहकार यज्ञ क्षेत्री छन् ।

साधारण सभामा वर्तमान कार्यसमितिले आफ्नो कार्यकालमा समाजको तर्फबाट भए गरेका आर्थिक एवं सांगठनिक प्रतिवेदनबारे छलफलपछि अनुमोदन गराइने योजना छ । बैठकले उक्त साधारण सभामा समाजका सबै सदस्यहरुलाई सहभागी भइ कार्यसमितिले गरेका कामको अनुमोदन, सल्लाह–सुझाव साथै नयाँ कार्यसमिति निर्माण गर्ने कार्यमा सभागी हुन आव्हानसमेत गरेको छ ।

बैठकले पन्जीकृत रहेका आवधिक सदस्यहरुलाई आफ्नो सदस्यता अद्यावधिक गराउन र समाजको सदस्य बन्न चाहनेलाई सदस्यता लिन पनि आव्हान गरको छ ।

Oman Gauchan "Hanson" Avatar
About Gurkha Channel

Gurkha channel is the sister company of Gurkha TV and the first 24-hour Nepali channel operating from the international capital of the world,London, United Kingdom. Gurkha Channels believes in honesty, respect, and unity. We belong to the land of Lord Buddha, Mt. Everest, and gallant people who sacrifice their lives for peace and humanity. Therefore, in this world of globalization, it is our effort to bring all Nepalese from around the world together and make one family: one Nation.

Search