,

‘कोशी’ नामकरणविरुद्ध पहिचान पक्षधरहरूको प्रदर्शन

Bimala Sene Avatar

विराटनगर । कोशी प्रदेशको राजधानी विराटनगरमा पहिचान पक्षधरले आइतबार प्रदर्शन तथा सभा गरेका छन् । प्रदेश नम्बर १ पुनः नामकरण संयुक्त संघर्ष समितिको आयोजनामा प्रदेशको नाम ‘कोशी’ खारेज गर्न माग गर्दै प्रदर्शन भएको हो ।

समितिको आह्वानमा विराटनगरको भृकुटी चोकबाट जनआन्दोलन चोकसम्म पहिचान पक्षधरले प्रदर्शन गरेका थिए । जनआन्दोलन चोकमा आयोजित सभामा पहिचानको पक्षमा दलका नेताहरुले पनि ऐक्यबद्धता जनाए ।

पहिचान पक्षधर नेताहरुले एक पटक पहिचानको लागि एक ढिक्का भएर लडनुपर्ने दिन आएको बताएका छन् ।

विराटनगरको जनआन्दोलन चौकमा आयोजना गरिएको कोर्णसभामा बोल्दै नेकपा माओवादी केन्द्रकी उपाध्यक्ष पम्पा भुसालले माओवादी जहिल्लै पनि पहिचानको पक्षमा रहेको बताए । ‘माओवादीसँग दुई तिहाइ भए पहिचानकै आधारमा प्रदेशको नामकरण हुने थियो । तर, माओवादीसँग पर्‍याप्त संख्या नभएको कारणले पहिचानको आधारमा नामकरण हुन नसेको हो,’ उनले भने, ‘माओवाद प्रदेशको नामकरण पहचिानकै आधरमा हुनुपर्ने पक्षमा रहेको छ ।’

एकीकृत समाजवादी नेपालका उपमहासचिब राजेन्द्र राईले आफु र आफ्नो पार्टी सुरुवातदेखि पहिचाको पक्षमा रहेको बताए । ‘प्रदेशको नामकरणको विषय उठाउँदै गर्दा पहिचानको पक्षमा उभिएको थिए । म मुख्यमन्त्री भएको बेलामा त्यसबेलामा कोशी प्रदेश नाम पास गर्न खोजिएको थियो । त्यसबेला मैले कडा प्रतिवाद गरे । पहिचान विरोद्धी नाम राख्नुहुन्छ भने म चुरोटको खोलमा लेखेर भएपनि संसद स्थगीत गर्छु भनेको थिए । नेकपामा भएको बेला पनि कोशी नाम पास गर्न खोजिएको थियो । त्यसबेलामा पनि कोशी नाम पास गर्न दिएको थिइन । पार्टीले भोली घाटी नाक्यो भने के गुर्नहुन्छ सम्म भन्ने । जुन दिन पहिचानको विपक्षीमा पार्टीले निर्णाय गर्छ त्यस दिन पार्टीबाट अलक हुने अडान कायम राखेका थिए,’ पुर्व मुख्यमन्त्री समेत रहेका राईले भने ।

जसपा नेपालका सहअध्यक्ष एवं पूर्वमन्त्री रकम चेम्जोङले प्रदेश १ मा पहिचानको आधारमा नामकरण नभएसम्म पहिचानको आन्दोलन जारी रहने बताए । पहिचानको लागि अन्तिमसम्म लडाइ गर्ने उनले बताए । ‘भाष, संस्कृति र इतिहाससँग जोडिएकाले पहिचानको आधारमा प्रदेशको नामकरण नभएसम्म हाम्रो आन्दोलन जारी रहन्छ,’ उनले भने, ‘पहिचानको लागि जस्तो सुधै आन्दोलन गर्न पनि हामी तयार रहेका छौं,’ उनले भने ।

बैज्ञानिक समाजवादी पार्टीका अध्यक्ष बिस्वभक दुलाल (आहुती)ले पहिचानको आन्दोलनलाई मिथिला, मगरात, भोजपुर, नेवा, ताम्सालिङ, स्वाधीन मदेश जनअभियान लगाएतका जातीय संस्थाहरूले आफ्नो हक हितको लागि लड्न बाटो खुलेको बताए । उनले पहिचानको आन्दोलनलाई थप कडा बनाएर लैजानुपर्ने बताए ।

Oman Gauchan "Hanson" Avatar
About Gurkha Channel

Gurkha channel is the sister company of Gurkha TV and the first 24-hour Nepali channel operating from the international capital of the world,London, United Kingdom. Gurkha Channels believes in honesty, respect, and unity. We belong to the land of Lord Buddha, Mt. Everest, and gallant people who sacrifice their lives for peace and humanity. Therefore, in this world of globalization, it is our effort to bring all Nepalese from around the world together and make one family: one Nation.

Search