कैलाश यात्रामा निस्केको बेलायती टोली काठमाडौंमा

Bimala Sene Avatar

काठमाडौं । बेलायतबाट ८ सेप्टेम्बर २०२४ मा काठमाडौं आइपुगेका सुष्मा गुरुङ नेतृत्वको कैलाश यात्रा टोलीले काठमाडौंस्थित धार्मिक स्थलहरुको भ्रमण गरेको छ ।

कैलाश मानसरोवर तर्फ प्रस्थान गर्नुअघि ९ सेप्टेम्बर सोमबार पशुपति, गुहेश्वरी र बुढानीलकण्ठका मन्दिरहरु दर्शन गरिएको हो । बेलायतबाट आएका पण्डित मधुसुदन सत्यालको अगुवाईमा बिहान ७ बजेदेखि पशुपतिमा रहेका विभिन्न मन्दिरहरुमा सामूहिक पूजापाठ गरिएको थियो । त्यसपछि गुहेश्वरी र बुढानीलकण्ठको मन्दिरमा दर्शन गरिएको टोलीमा सहभागीले जनाएका छन् ।

शिव कल्चरल एन्ड कम्युनिटी सेन्टर युकेको आयोजनामा भएको उक्त टोलीमा ३ जना विदेशीसहित ३० जना छन् । टाेली काठमाडौंबाट ११ सेप्टेम्बरमा प्रस्थान गरेर २३ तारिख ल्हासाबाट फर्किएपछि पनि होटल ह्याथ प्यालेस काठमाडौंमै एकरात बसी २४ सेप्टेम्बरमा आ-आफ्नो गन्तव्यतिर लाग्ने जनाइएको छ ।

Oman Gauchan "Hanson" Avatar
About Gurkha Channel

Gurkha channel is the sister company of Gurkha TV and the first 24-hour Nepali channel operating from the international capital of the world,London, United Kingdom. Gurkha Channels believes in honesty, respect, and unity. We belong to the land of Lord Buddha, Mt. Everest, and gallant people who sacrifice their lives for peace and humanity. Therefore, in this world of globalization, it is our effort to bring all Nepalese from around the world together and make one family: one Nation.

Search