किरात याक्थुङ चुम्लुङ युकेको गे्रटर लण्डन सिनियर साखाको अध्यक्षमा कुल केशर लिम्वु सर्वसम्मत चयन भएका छन ।
गत आईतवार फेल्थाम स्थीत स्प्रिङवेस्ट एकेडमिको सभाहलमा सम्पन्न साखाको छैठौ अधिवेशनले लिम्वुको नेतृत्वमा २१ सदस्यरहेको कार्य समिति चयन गरेको हो । कार्यसमितिको उपाध्यक्षहरुमा हेम तुम्वापो र दिपेन्द्र लक्सम, महिला उपाध्यक्ष सुष्मिता कन्दङवा,सचिव पदम वहादुर चोङवाङ, सहसचिव विश्वराज सेनेहाङ, कोषाध्यक्ष दिपेन्द्र लिम्वु र सहकोषाध्यक्ष प्रभात याङहिङवा चयन भएका छन । त्यसै गरि सदस्यहरुमा प्रभा खापुङ, रेखा लिम्वु, युवराज फागु चोङवाङ, सुमिना फालेच्छा, राजेश पायल लिम्वु , खगेन्द्र चोङवाङ, सोमिया जेवेगु, सिखा फीयाक र सिता राई आङदेम्वे चयन भएका छन। विभागिय प्रमुखको रुपमा दुर्गा वोख्खिम प्रोपर्टी विभाग, कृष्ण प्रसाद लिङदेन जनसम्पर्क विभाग, कला चेम्जोङ र प्रज्ञा लावुङ कला तथा सस्कृति विभाग चुनिएका छन ।
शाखाका अध्यक्ष चन्द्र लिङदेनको अध्यक्षतामा भएको पहिलो सत्रको कार्यक्रममा उपाध्यक्ष कुल केशर लिम्वुले स्वागत मन्तव्य दिएका थिए भने सचिव दिपेन्द्र लक्समले कार्यक्रम सचालन गरेका थिए । प्रमुख अतिथिको रुपमा उपस्थित भएका केन्द्रिय सल्लाहकार ईश्वर आङवोहाङले कार्यक्रमको उद्धघाटन गर्दै अधिवेशन सफलताको शुभकामना दिएका थिए । कार्यक्रममा साखालाई विशेष सहयोग पुरयाए वापद सदस्य सिल्लीमाया एभेङलाई विषेश सम्मान गरिएको थियो ।
अधिवेशनको दोश्रो सत्रमा सहसचिव दिपेन्द्र लक्समले सांगठनिक प्रतिवेदन र कोषाध्यक्ष मणी एभेङले आर्थिक प्रतिवेदन प्रस्तुत गरेका थिए । छत्र सीं तेयुङ संयोजक रहेको निर्वाचन समितिमा सदस्य सचिव पुर्ण फाल्लेच्छा र सदस्यमा विना इंनाम रहेका थिए ।
वेलातमा रहेका लिम्वु (याक्थुङ) जातिहरुको साझां सस्था किरात याक्थुङ चुम्लुङ युकेको स्थापना सन २००३ मा भएको हो । यसको हाल सम्म १६ वटा साखाहरु कृयशिल रहेका छन।