केपी ओली

Oman Gauchan "Hanson" Avatar

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले भूकम्प पिडितका लागि आएको जस्तापाता पनि सरकारले पिडितलाई दिएजस्तो मात्रै गरेर अन्तै लगेर बिक्री गर्नु लज्जास्पद भएको टिप्पणी गर्नुभएको छ। मानवीय आस्था नेपालले भक्तपुर नगरपालिका क्षेत्रमा जस्ताले निर्माण गरेको अस्थायी घरटहरा सोमबार भूकम्प पिडितलाई हस्तान्तरण गर्दै उहाँले सरकारको तर्फबाट राहतका लागि नुवाकोट लगेको जस्तापाता पनि मन्त्रीका स्वकीय सचिवले काठमाण्डौ ल्याएर बिक्री गर्न खोजेको र त्यसलाई सरकारले ढाकछोप गर्न खोजे त्यो लज्जास्पद कुरा हुने बताउनुभयो। उहाले भूकम्प पिडितका लागि सहयोग जुटाईरहदाँ सरकार मान्छे भने राहत नै बिक्री गर्न खोज्नु लाजमर्दो र घृणा लाग्ने भएको कुरा भएको बताउनुभयो।

कार्यक्रममा उद्योग मन्त्री महेश बस्नेतले आपतको बेला बनाएको अस्थायी घर कुनै महल भन्दा कम नभएको बताउनुभयो। मानवीय आस्था नेपालले भक्तपुर नगरपालिका भित्र वढा २ मा ५६, वडा नं. ६, ७, ८ मा २९ वटा, वडा नं. ११ मा ६, १२ मा १७ वटा, १३ मा १०, वटा, १४ मा ४८ वटा, १६ मा ४५ वटा, १७ मा १२ वटा लगायत नगरका बिभिन्न क्षेत्रमा गरि कूल ३३५ वटा घर टहरा हस्तान्तरण गरेको संस्थाले बताएको छ।

Oman Gauchan "Hanson" Avatar
About Gurkha Channel

Gurkha channel is the sister company of Gurkha TV and the first 24-hour Nepali channel operating from the international capital of the world,London, United Kingdom. Gurkha Channels believes in honesty, respect, and unity. We belong to the land of Lord Buddha, Mt. Everest, and gallant people who sacrifice their lives for peace and humanity. Therefore, in this world of globalization, it is our effort to bring all Nepalese from around the world together and make one family: one Nation.

Search