नेकपा एमालेका अध्यक्ष केपी ओली शुक्रबार काठमाडौको बुढानिलकण्ठ वडा नंवर १६ स्थीत गाम्छा चूनिखेल पुगी राष्ट्रिय स्वयंसेवक परिचालन समितिको पुननिर्माण कार्यमा सहभागी हुनुभएको छ। ओलीले राष्ट्रिय स्वयंसेवक परिचालन समितिले उक्त क्षेत्रमा गरिरहेको भग्नावशेष हटाउने , सरसफाई गर्ने तथा पुनर्निमाण कार्यमा सहभागी हुनु भएको हो। उहाले समितिको कार्यको जानकारी लिदै जागरुकताका साथ अघि बढ्न निर्देशन समेत दिनुभयो। ओलीले उक्त अबसरमा स्थानियहरुसंग केहिबेर अन्तक्र्रिया गर्दे गुनासाहरु सुन्नुभएको थियो। नेकपा एमालेले गठन गरेको राष्ट्रिय स्वयंसेवक परिचालन समितिले काठमाडौ लगाएत भूकम्प प्रभावित बिभिन्न स्थानमा राहत , पुनर्निमाण लगाएतका कार्य गर्दे आएको छ।
एमालेले भूकम्प प्रभावित अवस्थाका लागि राष्ट्रिय स्वयंसेवक परिचालन निर्देशिका २०७२ पारित गर्दै सचिव गोर्कण बिष्टको संयोजकत्वमा ७५ सदस्यीय राष्ट्रिय स्वयंसेवक परिचालन समिति गठन गरेको थियो । समिति संयोजक बिष्टले स्थानीय साधन, स्रोत र श्रमको परिचालन गरी भूकम्पमा घरबार गुमाएकाहरुका लागि अस्थायी आवासको निर्माणमा सहयोग गर्ने लगाएका कार्य भईरहेको जानकारी दिनुभयो। एमालेको उक्त अभियानमा कुल १० हजार जनशक्ति परिचालित भएका छन् भने १० जेठदेखि सुरु भएको अभियान १० असारमा समापन हुने जनाईएको छ ।