भूकम्प प्रभावित १४ जिल्लाका पहिरोको जोखिम बढी भएका क्षेत्रमा तत्काल सर्तकर्ता अपनाउन संसदीय समितिले सरकारको ध्यानाकर्षण गराएको छ। व्यवस्थापिका–संसद् अन्तर्गतको कृषि तथा जलस्रोत समितिको आईतबारको बैठकले भूकम्पका कारण गोरखा, धादिङ, रसुवा, सिन्धुपाल्चोक, दोलखा र रामेछाप जिल्लाका उत्तरी क्षेत्रमा अधिकाशं बस्ती पहिरोको जोखिममा परेका भन्दै आवश्यक व्यवस्था मिलाउनुपर्ने बताएको हो। मुलुकभित्र १२ हजार भन्द बढी स्थान पहिरोको जोखिममा परेको, त्यसले तराई तथा समथर क्षेत्रमा समेत डुबान ल्याउने भएकाले सचेतता अपनाउन र जोखिममा परेका बस्तीको तत्काल स्थानान्तरण गर्न समेत सरकारको ध्यानकर्षण गराइएको समितिका सभापति गगन थापाले जानकारी दिनुभयो। सभापति थापाले भुकम्प प्रभावित क्षेत्रमा भौगर्भिक अध्ययन गर्न र आवश्यक तयारी गर्न समेत सरकारले विशेष ध्यान दिनुपर्ने बताउनुभयो।
समितिको बैठकमा सहभागी विज्ञ तथा भूगर्भगविदले भूकम्पले प्रभाव पारेको क्षेत्रमा मिहिन अध्ययन गर्नुपर्ने र बस्ती विकासका लागि आवश्यक तयारी गर्नुपर्नेमा जाृेड दिएका थिए। उनीहरुले जलाधार क्षेत्रको संरक्षण गरिए र आवश्यक पूर्व तयारी गरिए पहिरो तथा बाढीको जोखिमबाट पनि धेरै क्षेत्रलाई जोगाउन सकिने बताए।