भूकम्पका कारण पीडामा भएका कृषकले बाली भित्रयाउन नसकेपछि कृषि मन्त्रालयले आज भक्तपुरबाट बाली भित्रयाऊ अभियान सुरु गरेको छ। भक्तपुरको साविक ताथली गाविस वडा नं. ८ सौडोलमा आज कृषि मन्त्रालय अन्तर्गत बिभिन्न विभाग तथा कार्यालयहरुका कर्मचारीले गहु काट्ने, चुट्ने र भित्रयाउने कार्य गरेर अभियानको सुरुवात गरेका हुन्। कृषि मन्त्रालयका सचिव उत्तमकुमार भट्टराईले गहुँ काट्ने मेशिनले गहँु काटेर अभियानको सुरुवात गर्दै निजामति कर्मचारीले सरसफाई तथा भूकम्पको भग्नावशेष हटाउन खटिएकाले कृषि मन्त्रालयले पनि बाली भित्रयाउने अभियान संचालन गरेको बताउनुभयो।
एकवटा गहुँ काट्ने र दुईवटा गहुँ चुट्ने थ्रेसर मेसिनको प्रयोग गरि कृषि तथा पशु कार्यालयका करिब २ सय भन्दा बढी कर्मचारीको सहभागितमा ८ रोपनी जग्गामा फलेको गहुँ काटेर चुटेको हो। स्थानीय ज्ञानकुमारी न्हेमाफुकी, विश्वराम छुँका, अमरबहादुर न्हेमाफुकी लगायतका कृषकहरुको खेतमा गहुँ काटिएको हो भने भूकम्पले घर भत्काएका २५ घर परिवारलाई बिउँ पोको बनाएर राख्ने सुपर ग्राण्ड व्याग समेत प्रदान गरिएको थियो।
} else {