लन्डन । बेलायतमा रहेका किरात राई समुदायले साकेला उभौली चाड यले संवत् ५०८५, विक्रम संवत् २०८२ र इस्वी संवत् २०२५ शुभारम्भ गरेका छन् । चुलापित्री पूजा गरी १२ मे २०२५ देखि साकेला उभौलीको विधिवत रुपमा शुभारम्भ गरिएको हो ।
कार्यक्रममा किरात राई यायोक्खा बेलायतका अध्यक्ष आशा राई, निवर्तमान अध्यक्ष तथा प्रमुख सल्लाहकार मेजर योगेश कोयी राई, वरिष्ठ उपाध्यक्षद्वय प्रेम राई र श्री प्रसाद राई, सल्लाहकार रत्न राई, दिलबहादुर राई, प्रारम्भिक कार्यसमितिका प्रतिनिधि, भाषिक संगठनका प्रतिनिधि र विभिन्न प्रतिष्ठित व्यक्तित्वको उपस्थिति रहेको थियो । चुला पूजाको पितृ कार्य नक्छो किताबसेर राईले गरेका थिए ।
किरात राई यायोक्खा बेलायतले शनिबार १७ मे २०२५ का दिन साकेला उभौली आफ्नै जग्गा किरात हाउस गेम्बल्स लेनमा धूमधामका साथ मनाउने तयारी गरेको छ ।
कार्यक्रममा उपस्थितिका लागि बेलायतवासी किराती तथा नेपाली समुदायमा निमन्त्रणासमेत गरिएको छ।