किरात याक्थुङ चुम्लुङ युके, कोल्चेस्टर शाखाका अध्यक्षमा सोम प्रसाद लिम्वु निर्विरोध चयन,

Bimala Sene Avatar

किरात याक्थुङ चुम्लुङ युके, कोल्चेस्टर शाखाका अध्यक्षमा सोम प्रसाद लिम्वु निर्विरोध चयन भएका छन ।

गत सनिवार भएको तेस्रो अधिवेशनले उपाध्यक्षद्धयमा राज कुमारी लिम्वु र शोभा लिम्वु, सचिवमा मुक्ति लिम्वु,सह सचिवमा देवि राज लिम्वु, कोषाध्यक्षमा सचिन लिम्वु, सहकोषाध्यक्षमा अनुराधा लिम्वु र सदस्यहरु कुल प्रसाद लिम्वु, राधा लिम्वु, पृथीमान थेवे र बाल कुमारी लिम्वु गरि ११ जनाको कार्य समिती चयन गरेको छ । भिम नेयोङको संयोजनमा गठीत निर्वाचन समितीले ४ जनाको सल्लाहकार समिती पनि गठिन गरेको छ । सल्लाहकार समितीमा चिटराज लिम्वु, घन प्रसाद लिम्वु, डम्वर लिम्वु, सानु सुव्वा र देउमान लिम्वु रहेका छन् । नव गठित कार्य समितीलाई किरात याक्थुङ चुम्लुङ युके, केन्द्रिय समितीका महासचिव जुरेन्द्र खजुमले सपथ ग्रहण गराएका थिए ।

ते्रश्रो अधिवेशन समापन पछि लिम्वुहरुको मौलिक चाड कक्फेक्वा तंङनाम (माघे संक्रान्ती) भव्य रुपमा मनाइएको थियो । कक्फेक्वा तंनामको वारेमा केन्द्रिय सल्लाहकार चिटराज हुक्पा चोङवाङले जानकारी गराएका थिए भने कार्यक्रमा सहभागिहरुले आ–आफ्नो घरवाट तरुल, फलफुल, कोदोको सेलरोटी, मकैको भात, याङवेन, वमयुक लगायतका लिम्वुजन्य परिकारहरु पकाएर एकआपसमा वाडेर खाएका थिए ।

कार्यक्रमका कलाकार भक्ती आङदेम्वले हाक्पारे गीत (साम्लो) तथा पालाम गाएका थिए । उनी किरात याक्थुङ चुम्लुङले प्रदान गर्ने “आर्टिस्ट आफ द इयर २०२३” वाट सम्मानित कलाकार पनि हुन । कार्यक्रममा विभिन्न स्थानिय कालकारहरुले धान नाच, च्याव्रुङ नाच तथा अन्य नृत्यहरु प्रस्तुत गरेर मनोरन्जन दिएका थिए । निर्वतमान अध्यक्ष देउमान माङदेनको अध्यक्षतामा भएको सो कार्यक्रमलाई सचिव मुक्ति लिम्वुले संचालन गरेका थिए भने नव निवार्चित अध्यक्ष सोम लिम्वुले सवै सहभागिहरुलाई स्वागत तथा धन्यवाद दिएका थिए । केन्द्रिय सचिव सानु सुव्वा, केन्द्रिय सदस्य डम्वर लिम्वु, भिम नेयोङ, चिटराज लिम्वु लगायतले कक्फेक्वा तंनामको शुभकामना मन्तव्य दिएका थिए ।

Oman Gauchan "Hanson" Avatar
About Gurkha Channel

Gurkha channel is the sister company of Gurkha TV and the first 24-hour Nepali channel operating from the international capital of the world,London, United Kingdom. Gurkha Channels believes in honesty, respect, and unity. We belong to the land of Lord Buddha, Mt. Everest, and gallant people who sacrifice their lives for peace and humanity. Therefore, in this world of globalization, it is our effort to bring all Nepalese from around the world together and make one family: one Nation.

Search