,

किरात याक्थुङ चुम्लुङ जर्मनीको पाँचौं अधिवेशन सम्पन्न, सञ्चमान जबेगुको नेतृत्वमा नयाँ कार्य समिति चयन

Bimala Sene Avatar

काठमाडाैँ । सञ्चमान जबेगुको नेतृत्वमा किरात याक्थुङ चुम्लुङ जर्मनीमा नयाँ कार्य समिति चयन भएको छ ।

जर्मनीको म्यूनिकमा २२ अगस्टमा सम्पन्न पाँचौं अधिवेशनबाट जबेगुको नेतृत्वमा १३ सदस्यीय नयाँ कार्य समिति चयन भएको हो ।

समितिको उपाध्यक्षमा शोभा लक्सम लिम्बू, सचिवमा लोकेन्द्र साँबा, सहसचिव सेन्छेलुङ पतङवा र कोषाध्यक्षमा छत्र नेयोङहाङ चयन भएका छन् । त्यसैगरि सदस्यहरूमा सरस्वता थेबे काम्बाङ, शम्भुसेन तुम्बापो, पूर्णहाङ नेम्बाङ, युगल यवा, सुमन लिम्बु, मधु निङलेखु, अञ्जना लिम्बू र विक्रम साँबा लिम्बू चयन भएका छन् ।

जर्मनी चुम्लुङले याक्थुङ लिम्बूहरूको सांस्कृतिक, भाषिक एवम् पहिचान झल्किने कार्यक्रमहरूलाइ विशेष प्राथमिकता दिने नवनिर्वाचित अध्यक्ष जबेगुले बताउनुभयो ।

Oman Gauchan "Hanson" Avatar
About Gurkha Channel

Gurkha channel is the sister company of Gurkha TV and the first 24-hour Nepali channel operating from the international capital of the world,London, United Kingdom. Gurkha Channels believes in honesty, respect, and unity. We belong to the land of Lord Buddha, Mt. Everest, and gallant people who sacrifice their lives for peace and humanity. Therefore, in this world of globalization, it is our effort to bring all Nepalese from around the world together and make one family: one Nation.

Search