धरान : मुक्कुमलुङ आन्दोलन काठमाण्डौमा वार्ताको टेबल पुगेको बेला धरानमा भने पक्राउ गरेको ६ जनालाई रिहा गर्न माग गर्दै १४६ जना आन्दोलनकारी इलाका प्रहरी कार्यालय कम्पाउण्डमा प्रवेश गरेर स्वगिरफ्तारी दिएका छन् ।
काठमाण्डौमा वार्ता, धरानमा १४६ मुक्कुमलुङ आन्दोलनकारीद्वारा सामूहिक गिरफ्तारी

यो समाचार तयार गर्दा साढे ८ हिजो सम्म आन्दोलनकारीहरू इलाका प्रहरी कार्यालय कम्पाउन्ड भित्र छन् । डिएसपी प्रकाश जवेगुले छलफल गर्नका लागि केही नेताहरूलाई बोलाएपछि उनीहरू भित्र पसेका छन् ।
उनीहरूले धरानमा यातायात बन्दको क्रममा प्रहरीद्वारा पक्राउ गरेका ६ जना आन्दोलनकारीको म्याद थप गरेपछि सामूहिक गिरफ्तारी दिएका हुन ।
सोमबार साँझ सम्म पक्राउ परेका जसपाका नेता सुमन चेम्जोङ सहित ६ जना युवाहरूलाई इलाका प्रहरी कार्यालय धरानले ७ दिन म्याद थप गरेको सुनसरी जिल्ला प्रहरी कार्यालयका प्रवक्ता तथा डिएसपी राम प्रसाद तिमल्सीनाले बताए ।
जनता समाजवादी पार्टीका नेता ताजुब लिम्बुले बिना कारण पक्राउ परेका ६ जना नेता कार्यकर्ताहरूलाई प्रहरीले म्याद थप गरेपछि पहिचानवादी नेताहरू तथा मुक्कुमलुङबादी आन्दोलनकारीहरू १४६ जनाले सामूहिक गिरफ्तारी दिएको बताए ।
जनता समाजवादी पार्टीका नेता ताजुब लिम्बूले सराकारले वार्तामा बोलाए पनि आइतबार धरानबाट बिना कारण पक्राउ परेका नेता तथा कार्यकर्ता नछोडेपछि इलाका प्रहरी कार्यालय धरानमा गिरफ्तारी दिन आएको बताए ।