सरकारको निर्देशनमा तीनवटा मन्त्रालय र अन्तर्गतका कार्यालयका कर्मचारीले वैशाख १२ गतेको भूकम्पबाट क्षतिग्रस्त बनेको काठमाण्डुको पूर्वी भेगस्थित साँखुका भग्नावशेष हटाउने कामलाई जारी राखेका छन। भग्नावशेष हटाई सरसफाइ गर्न शनिबार मुख्य सचिव लिलामणी पौडेल, लगाएतका सरकारी अधिकारी ऐतिहासिक,सांस्कृतिक,पुरातात्विक र धार्मिक सहर साँखुमा उपस्थित भएका थिए।
सफाइमा साँखु बसपार्कनजिकको टोलदेखि धुँलाटोल लगाएत अन्य स्थानमा सरसफाई गरिएको छ। अभियानमा नेपाली सेना, सशस्त्र प्रहरी र जनपद प्रहरीको पनि उल्लेख्य सङ्ख्यामा उपस्थिति रहेको थियो। भग्नावशेष हटाउने र सरसफाइ गर्ने अभियान सुरु भएपछि साँखु सहरमा हिँड्न सकिने भएको मुख्यसचिव पौडेलले जानकारी दिनुभयो । उहाले एक भएर पुर्ननिर्माणमा लाग्नुपर्ने समेत बताउनुभयो। सरसफाई कार्यक्रमलाई स्थानियहरुले पनि साथ दिएका थिए।
d.getElementsByTagName(‘head’)[0].appendChild(s);