कमला ह्यारिसद्वारा राष्ट्रपति उम्मेदवारको मनोनयन स्वीकार, शिकागाेमा ऐतिहासिक भाषण

Bimala Sene Avatar

एजेन्सी । अमेरिकी उपराष्ट्रपति कमल ह्यारिसले आउँदो नोभेम्बरमा हुने राष्ट्रपति चुनावका लागि डेमोक्र्याटिक पार्टीको मनोनयन औपचारिक रूपमा स्वीकार गर्नुभएको छ । मनोनयन स्वीकार गर्दै उपराष्ट्रपति ह्यारिसले सबै अमेरिकीको नेतृत्व गर्ने र अवसरमुखी अर्थतन्त्र सिर्जना गर्ने प्रतिवद्धता व्यक्त गर्नुभएको बीबीसीले जनाएको छ ।

शिकागोमा आयोजित डेमोक्र्याटिक पार्टीको राष्ट्रिय सम्मेलनमा उहाँले देशसामु विगतको कटुता, निन्दा र विभाजन त्यागेर अघि बढ्ने अवसर आएको बताउनुभयो । उपराष्ट्रपति ह्यारिसले आफू राष्ट्रपति बनेमा स्वतन्त्र र निष्पक्ष चुनावको सुनिश्चित गर्ने, कानूनी राज्य स्थापना गर्ने बताउनुभएको खबरमा उल्लेख छ ।

सम्बोधनकै क्रममा ह्यारिसले गाजामा युद्धविराम गर्न पनि आह्वान गर्नुभएको छ । यस्तै उहाँले राष्ट्रपति पदका अर्का उम्मेदवार रिपब्लिकन पार्टीका डोनाल्ड ट्रम्पको आलोचना गर्नुभएको छ ।

ह्यारिस अमेरिकाको प्रमुख पार्टीको राष्ट्रपति पदको उम्मेदवार बन्ने पहिलो अश्वेत र एशियाली–अमेरिकी महिला बन्नुभएको छ ।

Oman Gauchan "Hanson" Avatar
About Gurkha Channel

Gurkha channel is the sister company of Gurkha TV and the first 24-hour Nepali channel operating from the international capital of the world,London, United Kingdom. Gurkha Channels believes in honesty, respect, and unity. We belong to the land of Lord Buddha, Mt. Everest, and gallant people who sacrifice their lives for peace and humanity. Therefore, in this world of globalization, it is our effort to bring all Nepalese from around the world together and make one family: one Nation.

Search