लन्डन । प्रवासी नेपाली मञ्च (ओएनएफ यूके) बेलायत साउथ इस्ट क्षेत्रीय कमिटिले दशैं तिहार तथा छठ पर्वको शुभकामना आदान प्रदान कार्यक्रम गरेको छ । नेपाली संस्कृतिलाई बिदेशमा पनि जगेर्ना गर्दै दशैं, तिहार र छठ पर्वको शुभकामना आदान प्रदान गरिएको हो ।
कार्यक्रममा प्रवासी नेपाली मञ्च अन्तरराष्ट्रिय कमिटिका सल्लाहकार तथा ओएनएफ यूकेका पुर्व अध्यक्ष दिनेश घिमिरेले कार्यक्रममा उपस्थित सबैलाई चाडपर्वहरुको अवसरमा समृद्धिको शुभकामना व्यक्त गरे । त्यस्तै, साउथ इस्ट क्षेत्रीय कमिटिका अध्यक्ष राममाया थापाले दशैं तिहार र छठ पर्वको अवसरमा आयोजित कार्यक्रम उपस्थित सबैलाई शुभकामनासहित धन्यबाद व्यक्त गर्दै उनले आगामी दिनमा पनि सहयोग र साथको अपेक्षा जारी रहने विश्वास व्यक्त गरिन् ।

पहिलो अनौपचारिक कार्यक्रममा ओएनएफ यूरोप कमिटि आर्थिक विभाग प्रमुख केदार थपलिया, ओएनएफ यूके सचिव पुण्य रेग्मी, साउथ वेस्ट क्षेत्रीय कमिटि अध्यक्ष प्रमेश शर्मा (शिव), क्षेत्रिय कमिटिका पुर्वउपाध्यक्ष हरि गोविन्द गुरुङलगायतले दशैं तिहार र छठको शुभकामना मन्तव्य व्यक्त गरे ।

साउथ इस्ट क्षेत्रीय कमिटि सचिव जिविका नहर्कीले संचालन गरेको शुभकामना कार्यक्रममा परिचायात्मक कार्यक्रम राखिएको थियो । शुभकामना कार्यक्रममा कृस्ता थापाले नृत्य प्रस्तुत गरेकी थिइन् । ओएनएफ यूके साउथ इस्ट क्षेत्रीय कमिटिका पदाधिकारी र सदस्यहरुले स्वयंले खाने कुराहरुमा योगदान गरेका थिए ।